logo
  • शुक्रबार, साउन ८ २०८३

गायिका महरको “सारङ्गीको साथी” डिजिटल बजार मार्फत सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

रंजित चौरसिया, काठमाण्डौ पुष ५ ।
नेपाली सांगीतिक क्षेत्रमा नयाँ भावनात्मक सिर्जना ‘सारङ्गीको साथी’ सार्वजनिक गरिएको छ । सन् २०२५ को नेपाली स्याड गीतको रूपमा आएको यो गीतले जीवन, संघर्ष र पीडालाई सारङ्गीको धुनमार्फत कलात्मक रूपमा प्रस्तुत गरेको छ ।

गीतमा रमेश शेसी र सरिता गोतामे महरको स्वर सुन्न सकिन्छ। संगीत समेत सरिता गोतामे महारकै रहेको यस गीतका शब्द टेकम पाण्डे ‘जिज्ञासु’ले लेखेका हुन् । एरेञ्जमेन्ट पूर्ण साम्योगले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी खडक बाजुरालीले सम्हालेका छन्।

मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो पक्ष पनि सशक्त बनेको छ । भिडियोमा आयुष्मा कार्की (केशरी) र दिनेश मुस्कानको मुख्य अभिनय देख्न सकिन्छ। उनीहरूलाई तुकमान बीके, अनिता साउद, अभिषेक लाम्साल, सिता पाण्डे र प्रयास कुमारले साथ दिएका छन्।

भिडियोको निर्देशन तथा सम्पादन दिनेश मुस्कानले गरेका हुन् भने डीओपी तथा एरियल सिनेमाटोग्राफी डेनिस खनालले गरेका छन्। सहायक निर्देशनमा तुकमान बीके (गोपाल) रहेका छन्।

पोस्ट–प्रोडक्सनको कामडी सिनेमा आर्ट प्रालिले गरेको छ। मेकअप आर्टिस्टको रूपमा शोभना न्यौपाने रहेकी छन् । निर्माण टिमले गीत निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरेको छ। विशेष धन्यवाद सूचीमा परिवारजन, शुभेच्छुक, कलाकार तथा विभिन्न कला संस्थाहरूको उल्लेख गरिएको छ।

भावनात्मक कथावस्तु, सारङ्गीको पीडामिश्रित धुन र कलाकारहरूको सशक्त प्रस्तुतिका कारण ‘सारङ्गीको साथी’ दर्शक तथा श्रोतामाझ मन छोने गीत बन्ने अपेक्षा गरिएको छ ।

गीतको भिडियो हेरौँ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend