साझा नेटवर्क
कमल पौडेल ५ भाद्र, खर्वाङ । वामी विश्व सम्पर्क मञ्चले विगत जस्तै यस वर्षपनि विद्यार्थीहरुका लागि ७५ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ। गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ र ८ मा रहेका १० विद्यालयका ३१ जना जना जेहन्दार, गरिव तथा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सो रकम वितरण गरिएको हो। जस अन्तरगत विद्यालयको अन्तिम कक्षामा उत्कृष्ट अंक ल्याउने एक/एक छात्र छात्रा तथा विपन्न गरि प्रावि तहमा जनहि २ हजार, मावि तहमा उत्कृष्ट छात्र छात्रालाई जनहि ५ हजार तथा विपन्न लाई जनही २ हजारका दरले छात्रवृत्ति वितरण गरिएको महासचिव रामचन्द्र सापकोटाले जानकारी दिनुभएको छ। सो रकम वामी परुवा स्थायी घर भई हाल अमेरिकामा कार्यरत वामी विश्व सम्पर्क मंच अमेरिका शाखाका अध्यक्ष रामकृष्ण सापकोटाले सौजन्य गर्नुभएको हो।

वुधवार र विहिवार सम्बन्धित विद्यालयमा पुगि वितरण गरिएको छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा शारदा माविका प्रधानाध्यापक तथा वामी विश्व सम्पर्क मञ्चका पूर्व अध्यक्ष ज्ञानहरी सापकोटा, महेन्द्र आदर्श माविका प्रधानाध्यापक देविराम शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सो कार्यक्रम अध्यक्ष डिलाराम खरेलको अध्यक्षता तथा महासचिव रामचन्द्र सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष महेश्वर घिमिरे, महिला उपाध्यक्ष कल्पना घिमिरे, उपाध्यक्ष कृष्णमुरारि सापकोटा, कोषाध्यक्ष कमल प्रसाद खराल, सचिव सुमित्रा भण्डारी, सदस्यहरु फन बहादुर रायमाझि, गोविन्द सापकोटा, कृष्ण बहादुर थापा लगाएतको सहभागिता रहेको थियो।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend