logo
  • शनिबार, भाद्र २० २०८३

प्रेस चौतारी नेपालको विद्यार्थीसंग “प्रेसचौतारी कार्यक्रम” बडिगाडको त्रिभुवन माविमा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कमल पौडेल, बागलुङ साउन ३१ ।
प्रेस चौतारी नेपाल, जिल्ला शाखा बागलुङको आयोजनामा विद्यार्थी संग प्रेस चौतारी कार्यक्रम त्रिभुवन नमुना मावि खर्वाङमा सम्पन्न भएको छ। विभिन्न विद्यालयमा विद्यार्थीहरुसँग कार्यक्रम गर्दै आएको चौतारीले यो पटक त्रिभुवन नमुना माविमा लक्ष्य निर्धारण र उद्घोषण सम्बन्धि तालिम सञ्चालन गरेको हो।
तालिममा प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङका अध्यक्ष कमल पौडेल, जिल्ला सदस्य अनिष पाठक, सुनिल रानाले सहजिकरण गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ढालमणि भण्डारीले प्रेस चौतारीको कार्यक्रम विद्यालयमा गर्न पाएकोमा खुसि लागेको बताउनुभएको थियो।
सो तालिममा कक्षा ११ र १२ का ५५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। एक दिने सो तालिमको उद्घाटन कार्यक्रम अध्यक्ष कमल पौडेलको अध्यक्षता तथा सदस्य अनिष पाठकको सञ्चालनमा सम्पन्न भएको थियो। प्रेस चौतारी नेपाल बागलुङले हरेक महिना फरफरक विद्यालयमा विद्यार्थी केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend