साझा नेटवर्क
कमल पौडेल, बागलुङ जेठ ०६ ।
बागलुङको बाङेचौरमा सम्पन्न १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुल २५ स्वर्ण पदक सहित बागलुङ नगरपालिका विजेता बनेको छ। नगरपालिकाले ६ रजत र १० काश्य पदक सहित कुल ४१ पदक हात पारेको हो ।
त्यस्तै बडिगाड गाउँपालिकाले ११ स्वर्ण पदक सहित उपविजेतामा चित्त बुझाएको छ। १५ रजत र ९ काश्य सहित कुल ३५ पदक हात पारेको बडिगाड गाउँपालिका दोस्रो भएको हो। प्रतियोगितामा ७ स्वर्ण, १० रजत र ७ काश्य पदक सहित जैमिनि नगरपालिका तेस्रो भएको छ।
प्रतियोगितामा जिल्लाका बागलुङ, गल्कोट, जैमिनि र ढोरपाटन नगरपालिका तथा बडिगाड र काठेखोला गाउँपालिकाको सहभागिता रहेको थियो। सो कार्यक्रममा एथलेटिक्स, भलिवल, कबड्डी, तेक्वान्दो, कराँते विधामा कुल १५८ पदकमा भएको खेलमा छनौट देखि १ हजार भन्दा बढि खेलाडि सहभागि भएको जिल्ला खेलकुद विकास समितिका सचिव किशोर थापाले जानकारी दिनुभएको छ।
यसैविच बडिगाड गाउँपालिकाले टिमगेम तर्फ कबड्डी छात्रमा प्रथम स्थान हासिल गरेको छ भने कबड्डी छात्रा र भलिवल छात्रामा तृतिय स्थानमा चित्त बुझाएको छ। एथ्लेटिक्स तर्फ १०० मिटर दौड छात्रा, २०० मिटर दौड छात्रा, सटफुट छात्र, १००×४ रिले छात्रा, हाइजम्प छात्राको खेलमा प्रथम भएको छ।
त्यस्तै कराँते तर्फ ३ र तेक्वान्दोमा १ स्वर्ण जित्न सफल भएको छ। गतवर्षपनि द्धितिय स्थानमा रहेको बडिगाडले पदक संख्या भने बढाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend