साझा नेटवर्क
कमल पौडेल २२ चैत्र, वामी विश्व सम्पर्क मञ्च अन्तराष्ट्रिय समन्वय समितिको तेस्रो अधिवेशनको पहिलो चरण भर्चुअल रुपमा सम्पन्न भएको छ। अधिवेशनले पुनः प्रा.डा. इश्वरी प्रसाद पाण्डेको संयोजकत्वमा ८ पदाधिकारी निर्वाचित गरेको छ। ५१ सदस्यीय रहने कार्यसमितिको सदस्यहरू आगामी दोस्रो चरणको भेलाले चयन गर्ने निर्वाचन समितिका सदस्य रामचन्द्र सापकोटाले जानकारी दिनुभएको छ। निर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा प्रा.डा. जिवलाल सापकोटा, उपाध्यक्षमा प्रा.डा. ज्ञान थापा, महिला उपाध्यक्षमा शारदा शर्मा पौडेल, महासचिवमा रोमकान्त सापकोटा, सचिवमा हेमनाथ खराल, कोषाध्यक्षमा राम केसी तथा प्रवक्तामा बैकुण्ठ रायमाझी सर्वसम्मत निर्वाचित हुनुभएको हो।
अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटाले वामीलाई नमुनाको रुपमा विश्वलाई चिनाउन विश्वसम्पर्क मञ्चले भूमिका खेल्न सक्ने बताउनु भएको छ। सापकोटाले युवा विद्यार्थीहरूलाई देशमै रहने वातावरण बनाउन तथा वामी क्षेत्रको विकासको लागि वामीमा जन्मिहुर्कि विश्वमा छरिएका सवै वामेलीले लगानि बढाउनुपर्ने बताउनु भएको छ। कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य खड्क केसि, मुसिकोट नगरपालिकाका पूर्व मेयर सोमनाथ सापकोटा, वामी गाविसका पूर्व अध्यक्ष हरिनारायण सापकोटा, वडा नं. ८ का अध्यक्ष रमेश विक, वामी विश्व सम्पर्क मञ्च मुल समितिका अध्यक्ष डिलाराम खरेल, संस्थापक अध्यक्ष ज्ञानहरी सापकोटा, वामी सेवा समिति जापानका अध्यक्ष दिलिप थापा लगाएतले शुभकामना व्यक्त गर्दै वामी क्षेत्रको शिक्षा, स्वास्थ्य, संस्कृति उथ्थानमा संस्थाले भूमिका खेल्नसक्ने औंल्याउनुभएको थियो।
कार्यक्रममा महासचिव रोमकान्त सापकोटाले साङ्गठनिक तथा प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष बोधशाली गौतमले १५ लाख ८३ हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम वामी विश्व सम्पर्क मञ्च अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष प्रा.डा. इश्वरी प्रसाद पाण्डेको अध्यक्षता, उपाध्यक्ष प्राडा ज्ञान बहादुर थापा स्वागत मन्तव्य तथा महासचिव रोमकान्त सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो। साविक वामी गाविस र आसपासका क्षेत्रमा जन्मस्थान भई हाल विश्वभर छरिएका वामेलीहरुलाई जोड्दै २०७० सालमा स्थापना भएको वामी विश्व सम्पर्क मञ्च र यस अन्तरगतका विभिन्न देशका रहेका सम्पर्क समिति तथा अन्तराष्ट्रिय रुपमा एकीकृत गर्न तयार गरिएको अन्तराष्ट्रिय समितिले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आएको छ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend