देबेन्द्र केसी,नयाँ दिल्ली । भारतमा कार्यरत गुल्मेलीहरु को छाता सङ्गठन गुल्मी सम्पर्क समाज(भारत) ले परिचायात्मक कार्यक्रम सम्पन्न गरेको छ।नयाँ दिल्ली को नेहरु प्लेस स्थित पार्कमा समाज मा आवद्व समस्त सदस्यहरुको परिचय तथा अंग्रेजी नयाँ वर्ष २०२५को सुभकामना आदान प्रदान तथा श्रद्धाञ्जली कार्यक्रम को समापन गरिएको छ।
समाज का संस्थापक अध्यक्ष टिका बहादुर कार्कीको अध्यक्षता मा सम्पन्न कार्यक्रम मा संस्था का वरिष्ठ उपाध्यक्ष नरहरि घिमिरे,आर्थिक सल्लाहकार युवराज बराल,योगगुरु शिवलाल ज्ञवाली,समाजसेवी अनिता ज्ञवाली,महिला सङ्गठन सचिव हुमकला खड्का,सहकोषाध्यक्ष जिवन पौडेल,सङ्गठन सचिव मिलन राना,सह सङ्गठन सचिव गोकर्ण बस्नेत ,ब्यवस्थापन सचिव गुंन्जमान गौतम,सन्चारकर्मी सुभाष बस्नेत सदस्य कमल पौडेल लगाएत ले आफ्ना भनाईहरु राख्दै अंग्रेजी नयाँवर्षको सुभकामना दिनुभएको थियो।
संस्था का महासचिव मुकुन्द पौडेल ले सञ्चालन गरेको कार्यक्रम मा उपस्थित सदस्यहरुले आ-आफ्ना ठाँउका समस्या तथा अवसर हरु राख्दै सुभकामना आदान प्रदान गर्नुभएको थियो।अत्यन्तै सौहार्दपुर्ण बातावरणमा भएको परिचय कार्यक्रम बाट समाजको बिधान पनि सर्वसम्मत पास गरिएको जानकारी अध्यक्ष कार्की ले दिनुभएको छ।
श्रद्धाञ्जली सभा पनि साथमै!
समाज ले हालै दिगंवत हुनुभएका संस्था सदस्य तथा बयोवृद्ध समाजसेवी तुलसी राम अधिकारी तथा गत डिसेम्वर मा सामान्य बिबाद मा हत्या गरिएका गुल्मी जिल्ला,ईश्मा गाँउ पालिका वार्ड नं २ का प्रकाश थापाको सम्झना मा दुई मिनेट मौनधारण सहित को श्रद्धाञ्जली सभाको समापन गरेको छ।
स्मरण रहोस प्रकाश थापा नयाँ दिलीको लक्ष्मी नगर नजिकै को निर्माण बिहार मा दिदीज फुड कर्नरमा कार्यरत थिए।गत १९डिसेम्बर को राती स्टाफ बिच सामान्य बिबाद हुँदा उत्तर प्रदेश का बिक्की भन्ने युवकले रडै रड ले हानेर प्रकाश को ज्यान लिएका थिए।
हत्यारा लाई प्रहरीले पक्राउ गरिसकेको छ।होटल मालिक सहित सम्पुर्ण स्टाफलाई पुलिस ले गिरफ्तार गरेपनि अनुसंधान पुरा नहुन्जेल राजधानी छोड्न नपाईने सर्तमा बाँकी स्टाफ र फुड कर्नर की मालिकलाई रिहा गरेको छ।निज प्रकाशका बुबा मानसिंह थापा ले छोराको हत्यारालाई कडा भन्दा कार्वाही गर्न र क्षतिपुर्ती को लागि समाज ले पहल गरिदिन अनुरोध गर्नुभएको छ।
त्यस्तै बयोबृद्ध समाजसेवी अधिकारीलाई गत तिजमा समाजले सम्मान पनि गरेको थियो।”दुवै जना को निधन ले गुल्मी लाई ठुलो क्षति पुगेको छ र निज प्रकाश लाई फुड कर्नर बाट क्षतिपुर्तीको लागि पहल गरिएको छ” समाज का अध्यक्ष कार्की ले भन्नुभयो।