साझा नेटवर्क
देबेन्द्र केसी, नयाँ दिल्ली भदौ ११ ।
भारतमा कार्यरत भुर्तुङ्गेलीहरूको छाता संस्था गुल्मी-भुर्तुङ्ग सम्पर्क समाजले अस्ति मात्र बुटवलमा दिवंगत भएकी प्रतिमा सुबेदीको चिर शान्ति र बैकुण्ठ बासको कामना सहित बृहत श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । भुर्तुङ्ग कराङ्गतुङ्ग माईत भै भुर्तुङ्गकै रातामाटामा घर भएकी २१ बर्षिया प्रतिमा सुबेदी यहि भदौ ५ गते बुटवल गोलपार्क स्थित डेरामा मृत भेटिएकी थिइन ।
दिवंगत सुबेदीको घटना बारे गहन छानबिन गरि सत्य, तथ्य पत्ता लगाउन रुपन्देही प्रहरी तथा सरोकार वालाहरुसंग माग गरिएको थियो । सोही सभामा सस्थापक कोषाध्यक्ष दिपक पौडेल तथा संस्थापक सल्लाहकार रेशम शाहलाई पनि श्रद्धाञ्जली दिईएको थियो । श्रद्धाञ्जलीपछि सुरु भएको तिज मिलन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष डोलराज गौतमले गर्नुभएको थियो ।
निवर्तमान महासचिव तथा उपाध्यक्ष मुकुन्द पौडेल तथा महासचिव टिका कडेलले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सामाजिक अभियान्ता देवीलाल न्यौपाने हुनुन्थयो । विशिष्ठ अतिथिको रुपमा भारतिय भाईचाराबाट बाल्मिकी मन्दिर डेभलपमेन्ट कमिटीका अध्यक्ष प्रेम कुमार बेनीवाल र अतिथिको रुपमा पत्रकार तथा योल्मो पाँचपोखरी तामाङ्ग संस्थाका मिडिया कोर्डिनेटर गोपाल भारद्वाज, समाजसेवी राधा न्यौपाने हुनुहुन्थ्यो ।
कार्यक्रममा सस्थाका संस्थापक अध्यक्ष टिका बहादुर कार्की, प्रमुख सल्लाहकार तथा मिडिया संयोजक देबेन्द्र केसी, संस्थापक उपाध्यक्ष मोहन पौडेल, उपाध्यक्ष कृष्ण प्रसाद पौडेल, कोषाध्यक्ष गोपीराम पौडेल, सहकोषाध्यक्ष प्रदिप खत्री, सचिव जिवन पौडेल, सहसचिव तथा महिला संङ्गठन सचिव लिला भारती, कोर कमिटी उपाध्यक्ष राजकुमार पौडेल, नेपाल संयोजक टिकाराम सुबेदी लगाएतले आफ्ना भनाईहरु राख्नुभएको थियो ।
नेपाली मौलिक परिकार सहितको दरखाने कार्यक्रममा महिलाहरुले कम्मर मर्काएर नाचेका थिए । कार्यक्रममा सदस्यहरु अम्मर कार्की, कमल पौडेल, किसन कार्की, शेखर कार्की, गोबिन्द सुबेदी, बिक्रम कार्कीले ब्यवस्थापनको भुमिका निर्वाह गरेका थिए । संस्था सचिव जिवन पौडेलले स्वागत भाषण गरेको कार्यक्रम बाल्मिकी चौपालको सभाहल चिराग दिल्लीमा सम्पन्न भएको थियो ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend