साझा नेटवर्क
टेकराज थापा,साउन २५ बुटवल ।
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा कतार नेपाली एकता समाजले प्रगतिशील तीज कार्यक्रम २०८१ आयोजना गर्ने भएको छ । कार्यक्रमलाई सम्बोधनको लागि नेपालबाट अखिल नेपाल महिला संघकी अध्यक्ष तथा पुर्व संसद मिना पुन कतार आउने भएकी छिन ।
समाजले गत वर्ष झै यस वर्ष पनि कतारमा कार्यरत महिलाहरुलाई जमघट गरेर नाचगान संगै महिला दिदिबहिनीको आपसी सद्भावलाई प्रगाढ होस् भन्ने उदेश्यले तीज विशेष कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष राम प्रसाद पराजुलीले बताए । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो ।
सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ। नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थालेको मानिन्छ।
पछिल्लो समय महिला दिदिबहिनीहरुको भावना मर्मा भन्दा सम्बन्धि तीज विशेष न भएर सस्तो लोक प्रियता, भ्युजको लागि समाजले हेर्न न सक्ने खालका छाडा प्रबिधिका गीत संगीतले समाजमा बिकृती ल्याएको संगै घर परिवार बसेर हेर्न सुन्न नसकिने त्यस्ता गीत संगीतलाई राज्यले बन्देज गर्नु पर्ने बताए । कार्यक्रममा प्रगतिशील तीज विशेष सांगितीक प्रस्तुती दिनेछन । अगस्ट २३ तारिख शुक्रबार सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा आयोजना गर्न लागिएको समाजका महासचिव मीन राज पुनले जानकारी गराए ।
कार्यक्रममा विशेष गरि कतारमा रहेका महिला दिदीवहिनीहरुलाई उपस्थितिको लागि हार्दिक अपिल गरिनुका साथै निशुल्क प्रवेश रहेको बताए । भने कार्यक्रममा समाजको रक्तिम बिभागका कलाकारहरुले प्रगतिशील तीज सांगितीकले उपस्थिति दर्शक श्रोतालाई छम छम नचाउने छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend