logo
  • शुक्रबार, साउन ८ २०८३

धार्मिक तथा पर्यटकिय क्षेत्र रेसुङ्गा, संक्षिप्त परिचय


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

-कृष्ण पन्थी, गुल्मी ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट करिव २-३ घन्टाको पैदल यात्रापछि पुग्न सकिने पवित्र पावनधाम रेसुङ्गा समुद्री सतहबाट २३४७ मिटरको उचाइमा रहेको छ । यस क्षेत्रमा सत्य युगमा सनकादी, नारदादी ऋषिहरु साथै ब्रम्हा, बिष्णु, महेश्वर पाल्नुभएको धार्मिक किम्वदन्ति छ ।

यसैगरी त्रेता युगमा बिभान्डक ऋषिले सरस्वती नदिको किनारमा तपस्या गर्दाका अवस्थामा जन्मनु भएका उहाँका पुत्र ऋष्य श्रृङग्य आइ तपस्या गरी सिद्धि प्राप्त गर्नु भएको थियो । ब्रम्हाको नामबाट पद भ्रम्स भई रेसुङ्गा नामाकरण हुन गएको धार्मिक तपोभुमी सिद्धी क्षेत्र कामदा गिरि रेसुङ्गामा त्रेता युगमा गोप गोपिनी र आफ्ना पत्नी सहित श्रीकृष्ण परमात्मा समेत आउनु भै यज्ञ यात्रा गर्नु भएको भन्ने धार्मिक भनाइ रहि आएको छ ।

                                                                                        रेसुङ्गा क्षेत्र

सम्बत १४०० देखि १५०० को बिचमा रेसुङ्गा शिद्धवावाको स्थापना भए पश्चात संवत् १८०० तिर शशिधर स्वामी र उहाँका छोरा लक्ष्मी नारायणले तपस्या गर्नु भएको भनाइ छ । हाल उहाँहरूको समाधी स्थलमा बिष्णु पादुका र शिवालय मन्दिरहरु स्थापना भएका छन । ती मध्ये उहाँका छोरा लक्ष्मीनारायणले शशिधर स्वामीको स्मृतिमा बिष्णुपादुका त्यसैगरी लक्ष्मीनारायणको स्मृतिमा ललितजङ्गले शिवालय मन्दिरको निर्माण गरी गुठी समेत राखिदिएको भनाइ छ।

                                                                                                यज्ञशाला

वि.स.१९८६ सालमा बालब्रह्म्चारी यदुकानन्द आउनुभई तपस्या गरि बस्नु भएको र सोही समयमा हालको यज्ञशाला निर्माण भई पूजा संचालन हुँदै आएको छ । त्यसो त अठार महापूराण, वेद, वेदाङ्गहरुको पाठ प्रवचन निरन्तर हुँदै आइरहेको छ । यस क्षेत्रको बृहत्तर विकासको लागि संरक्षण समितिको गठन भई रेसुङ्गा क्षेत्रको धार्मिक, सास्कृतिक, आध्यात्मिक, पौराणिक एवम भौतिक विकासका लागि निरन्तर कार्य गर्दै आएको छ ।

                                                                                          पोखरी

विशेषत: श्रावण महिनाभर मेला लाग्ने साथै सोही महिना भर रुद्री, बेद, चन्डी, गीता र पूराणहरुको प्रवचन हुँदै आएको कुरा पनि सर्व विदितै छ । हालसम्म यस क्षेत्रमा १४ वटा महापूराण र एउटा भविष्य पूराण सु-सम्पन्न भईसकेका छन । आफ्नो मनोकामना सिद्ध गर्नका लागि भक्तहरूले सिद्धवावा मन्दिरमा दुध चढाउने र बलि चढाउने गर्दछन।

                                                                                              भ्यू टावर

यद्यपि श्रावण महिनामा महापोखरीमा स्नान गर्नाले समस्त पाप नष्ट हुने पौराणिक भनाइ रहिआएको छ।सोही मन्दिर नजिकै एउटा View- Tower निर्माण गरिएको छ र सोही Tower बाट तम्घास बजार लगायत गुल्मी, पाल्पाका साथै अन्य जिल्ला तथा हिमाल, पहाडको दृश्यावलोकन गर्न सकिन्छ ।

तसर्थ दिनानुदिन यस धामको विकास एवम महत्व बढ्दै गैरहेको छ र एकपटक समस्त भक्तजनहरुलाई यस धाममा आइ पुण्य लाभ लिनुहुन सादर अनुरोध छ ।

(विभिन्न महत्वपूर्ण तथ्यहरु संरक्षण समितिका पदाधिकारी तथा मन्दिरका पुजारीबाट लिइएको हो)

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend