logo
  • शनिबार, साउन ३० २०८३

बाग्लुङ्को ग्वालीचौरमा भब्य सांस्कृतिक कार्यक्रम शुरु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

भलिबलमा ४२ समुहको सहभागीता
अनिश शर्मा गैरे वामी गुल्मी असोज १६ ।
थानापति समाजकल्याण संस्था ग्वालीचौर ८ दाँग बाग्लुङ्ले आफ्नो १९ औ बार्षिकोत्सब तथा आउँदै गरेको बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा आयोजना गरेको बिबिध खेलकुद, मनोरञ्जनात्मक  सांस्कृतिक कार्यक्रम आजबाट शुरु भएको छ ।

आज भएको उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष चक्र बुढाको अध्यक्षता रहेको थियो भने क्लबका सल्लाहकार नारायण पौडेलको प्रमुख  आतिथ्यता रहेको थियो । आज पहिलो दिन आयोजक समुह सी र बाग्लुङको बल्गास युवा क्लब बिच भलिबल प्रतियोगीतामा प्रतिस्पर्धा भएको छ भने आयोजक समुह बिजयी भइ टाइसेटमा प्रबेश गरेको छ ।

भलिबल खेलमा ४२ समुहको सहभागीता रहेको संस्थाका सचिब चिरञ्जिवी घिमिरेले जानकारी दिनुभयो ।संस्थाका अध्यक्ष चक्र बुढाले दिएको जानकारी अनुसार भलिबल,रेकर्ड डान्स, अभिभाबहक कुर्सी दौड प्रतियोगीता, घैटोफोर लगायतका कार्यक्रमहरुको आयोजना गरिएको छ ।

जस मध्ये भलिबल प्रतियोगीताको लागि प्रथम पुरस्कार १६ हजार रनिँग कप, प्रमाणपत्र रहेको छ भने द्धितीय पुरस्कार ११ हजार मेडल, प्रमाणपत्र तथा तृतिय पुरस्कार ३ हजार मेडल र प्रमाण पत्र रहेको छ ।

कार्यक्रमको उद्धेश्य युवाहरुलाई खेल क्षेत्रमा सक्रिय बनाउनुका साथै स्थानीय तथा नवदित कलाकारहरुलाई प्रात्साहन गर्नु रहेको बताइएको छ ।कार्यक्रममा कलाकारहरु मनोज घिमिरे, छबि राकसकोटी, कल्पना परियार लगायतका कलाकारहरुले सास्ँकृतिक प्रस्तुती देखाउने कार्यक्रमका आर्थिक संयोजक राम प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

यो कार्यक्रम आयोजना गर्नको लागि संस्थाको लागि स्वदेश तथा बिदेशमा रहेका बिभिन्न ब्यक्तिहरुद्धारा करिब ३ लाख बराबरको सहयोग प्राप्त भएको संस्थाका सचिब चिरञ्जिवी घिमिरेले जानकारी दिनुभयो ।यसरी संकलित रकम सामाजिक बिकासका कार्यहरुमा प्रयोग गरिने सचिब घिमिरेको भनाइ रहेको छ ।

२०५४ सालमा स्थापना भएको यस क्लबले समाजको हितका लागि पनि कामहरु गर्दै आएको छ ।यसै संस्थामा आबद्ध युवाहरुले केही दिन अगाडी मात्रै करिब ५ महिना देखी अवरुद्ध बिद्युत सञ्चालनमा ल्याएका थिए ।

आज भएको कार्यक्रममा संस्थाका सचिब घिमिरेको स्वागत मन्तब्य रहेको थियो भने क्लबका सदस्य झम बहादुर रास्कोटीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सयौ स्थानीयहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend