logo
  • शनिबार, भाद्र २० २०८३

प्युठान सेवा समाज कतारको आठौं अधिवेशन सम्पन्न अध्यक्षमा सुनार


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

चक्र चन्द,दोहा बैशाख १५ ।

” प्युठानिहरुको एकता,मिलिजुली र सहकार्यको आवस्यकता” भन्ने मुल उदेश्यको साथ २००९ मा दोहामा स्थापना भएको प्युठान सेवा समाज दोहा कतारको आठौं अधिबेशन सम्पन्न भएको छ ।

कतारको सनैयाँ स्थित लालिगुँरास रेष्टुरेन्टको सभा हलमा आज सम्पन्न भएको अधिबेशनबाट सिताराम सुनार को अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । संस्थाको नव निर्वाचित कर्यसमितीमा वरिष्ठ उपाध्यक्ष समुन्द्र खड्का,उपाध्यक्ष रबिलाल सुनार,महासचिव टंक प्रसाद पोख्रेल,सचीव भोज पुन,कोषाध्यक्ष सुनिल कुमार परिवार,सह-कोषाध्यक्ष रुमान सिँह र सदस्यहरुमा पार्वता केसि,सारदा भण्डारी,शिशिर भण्डारी,हरि खत्री,रमेश जिसि,चन्द्र सुनार,वीर बहादुर एम सि,हरि कुँवर,अर्जुन खड्का,बलबहादुर कुँवर,भेषराज जिसि,शकुर जास्मी रहनुभएको छ ।

संस्थाका अध्यक्ष केसर बहादुर के सि को सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश समन्वयन परिषद कतारका प्रमुख संरक्षक कमलमणि गुरागाइँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश समन्वयन परिषद कतारका अध्यक्ष डिल्लिराम भट्टराई,निवर्तमान अध्यक्ष बुद्ध पाण्डे,महिला समाज कतारका महासचीव मेनुका खतिवडा ,व्यावसायि तथा समाजसेवी क्रान्ति सिँह,सामाजसेवी के.बि हमाल,समाजसेवी बसन्तराज पुरि,व्यावसायि दिपजंग शाह लगायतको विषेश आतिथ्यता रहेको थियो भने विभिन्न जिल्ला संस्थाका प्रतिनिधि,पत्रकार तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।प्युठान सेवा समाज कतारका उपाध्यक्ष समुन्द्र खड्काको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा विभिन्न वक्ताहरूले आ- आफ्ना भनाईहरु राख्नुभएको थियो । संस्थाको वृहतर हितमा सुरुवात देखि नै महत्त्वपूर्ण योगदान र भुमिका निर्वाह गरि सहयोग गरेको भन्दै सोही अवसरमा लुम्बिनी प्रदेश समन्वयन परिषद कतारका प्रमुख संरक्षक कमलमणि गुँरागाइलाई संमान समेत गरिएको थियोे ।सम्मानित भएपछि कार्यक्रममा बोल्दै गुँरागाइले आफू विगत लामो समय देखि प्रवासमा रहेका प्युठानि दाजुभाइ दिदिबहिनीहरु सँग हर सुखदुःख मा सहकार्य गर्दै आएको र आगामी दिनहरूमा पनि सँगै रहने बताए । प्युठानिहरु मेहनती, निडर र ईमानदार हुने भन्दै प्युठान सेवा समाज कतारले सामाजिक क्षेत्रमा गरेका कामहरुको खुलेर प्रशंसा गरे ।

अर्का वक्ता क्रान्ति सिँहले प्युठानिहरु अन्य जिल्लाको तुलनामा बढी सचेत र जागरुप रहेको बताए । कार्यक्रममा गायक बिजय भट्टराईले साँगितिक प्रस्तुति मार्फत सबैलाई रमाइलो प्रदान गराएका थिए ।

फोटोहरु ..

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend