logo
  • शनिबार, साउन ३० २०८३

नेकपा एमाले गुल्मीद्वारा इलाका भेला सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिश शर्मा गैरे, वामी गुल्मी असोज १६।
नेकपा एमाले गुल्मी इलाका नम्बर ४ तथा ९ को भेला कुर्घाको भुवाचिदीमा सम्पन्न भएको छ । भेलामा पार्टी सुदृढिकरण तथा पार्टीलाई अब कसरी अगाडी बढाउने भन्ने बिषयमा बृहत छलफल भएको छ ।

कार्यक्रममा नेकपा एमले जिल्ला कमिटी सचिवालय सदस्य कमला शर्माको अध्यक्षता रहेको थियो भने प्रदेश सदस्य बोम बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

भने जिल्ला सचिब सोमनाथ सापकोटाको बिशेष आतिथ्यता रहेको थियो ।सचिवालय सदस्य हरि छन्त्यालको स्वागत रहेको कार्यक्रमको सञ्चालन जिल्ला सदस्य जीवन शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका बिभिन्न गाँउ कमिटीका प्रमुख तथा प्रतिनिधि लगायत पार्टी प्रेमीहरुको सहभागीता रहेको थियो ।भेलान स्थानीय पुर्नसंरचनाको बिषयमा पनि छलफल गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend