साझा नेटवर्क
साझा नेटवर्क,कतार चैत्र २६ ।
ईस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व रमजानको अवसरमा नेपाली जनसम्पर्क समिति कतारले बृहत ईप्तार सम्पन्न गरेको छ ।
कतारको न्यु सलाता स्थित कतार च्यारिटिको हलमा आयोजित उक्त कार्यक्रममा कतारका लागि नेपाली राजदुत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यता रहेकोे थियोे भने समितिका कार्यबाहक सभापति ठाकुर कुमार परिवारको अध्यक्षता रहेको थियोे ।
जनसम्पर्क समिति कतारका सह- महामन्त्री खगेन्द्र खनालको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा मौलाना ईशहाक नदबिले कुरान तिलावत गरेका थिए । मौलाना नजिर मियाले रमजान महिना र रोजाको महत्व बारे प्रकाश पारेका थिए ।
संस्थाका महामन्त्री केदार भुसालको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा ईस्लाम धर्मावलम्बीहरु,मौलानाहरु,एनआर एन ए एन सि सि कतार,वैचारिक संगठन,लगायतको बाक्लो उपस्थिति रहेको थियोे । 
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend