साझा नेटवर्क
उद्धव मगर, कतार चैत १३ ।
रामेछाप सेवा समाज दोहा कतारले अग्नि पिडितलाई आर्थिक सहयोग गरेको छ । केही दिन अगाडि रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा न. ९ मा हुन गएको भिषण आगजनीले १३ घर, गोठ तथा पशु चौपायहरु जलेर नस्ट भएका थिए ।
आगलागी जस्तो दुखद घट्ना भएकोले रामेछाप नगर पालिका वडा न. ९ का छरछिमेक र वडाबाट पिडितहरुलाई सहयोग स्वरुप राहात वितरण गर्दै आएको हुदा प्रवासमा स्थापित रामेछाप सेवा समाज २००४ देखि अविरल सामाजिक कार्यमा जुनसुकै समस्या किन नहोस अग्नि पिडित, बाढी पहिरो, कोरोना कहर, आकास्मिक दुर्घट्ना मृगौला पिडितलाई सस्थाले सकेको सहयोग जुटाइ हातेमालो गर्दै आएको छ ।
यसैक्रममा अग्निले क्षति पुराएको ठाउमा सक्दो सहयोग गर्ने हेतुले रामेछाप जिल्लाबाट कतारमा आइ कर्मभुमी बनाइ रहनु भएका सम्पुर्ण रामेछाप जिल्लाबासी सहयोगी मनका साथै रामेछाप सेवा समाजका कार्यसमितिका सदस्यहरुबाट सहयोग संकलन गरी वर्तमान अध्यक्ष नर बहादुर तमाङद्वारा आर्थिक रकम हस्तान्तरण गरेको छ ।
निवर्तमान सचिव निर्मल नेवाखड्गीले सहजिकरण गरेको कार्यक्रममा मन्थली नगरपालिका वडा न. १४ का अध्यक्ष मोतिलाल तामाङ्ग, सिद्धार्थ इसुरेन्सका मार्केटिङ्ग इन्चार्ज, सुभास कार्की विशेष अतिथी रहेका थिए । त्यस्तै शाखा प्रमुख नवराज खड्का र रातटार वडा न. ९ का अध्यक्ष चन्द्र बहादुर श्रेष्ठको उपस्थितिमा रामेछाप सेवा समिती दोहा कतारका अध्यक्ष र रामेछाप नगर पालिका वडा न. ९ का अध्यक्षको रोहवरमा सहयोग हस्तान्तरण गरेको हो।
अन्त्यमा समाजका अध्यक्षले बोल्दै रामेछाप सेवा समाज दोहा कतारले गरेको सहयोगबाट थोरै भएपनी मलमपट्टि बाध्ने काम होस र फेरि यस्ता घटनाहरु नदोहोरियोस भन्ने कामना गर्दै रामेछाप जिल्लाबाट रोजि रोटिको लागि जो कोहि पनि दोहा कतारलाइ कर्मभुमि बनाइ रहनु भएको र नया कोहि पनि जाँदै हुनुहुन्छ भने सम्पुर्ण जिल्ला बासिलाई रामेछाप सेवा समाजमा आवद्ध हुन समेत अनुरोध गर्नु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend