logo
  • शनिबार, भाद्र २० २०८३

नेपाली जनप्रगतीशील मञ्च कतारको छैटौं महाधिवेशन १ मार्चमा हुने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बिकास गैरे, कतार फागुन ८ ।
“संसारका मज्दुरहरु एक होऔ” भन्ने मुल नाराकासाथ २००७ मा स्थापना भै निरन्तर श्रमिकको हकहितको मुद्दा उप्पर रहि काम गर्दै आएको संगठन नेपाली जनप्रगतिशील मञ्च कतारको छैटौं महाधिवेशन हुने भएको छ ।

१ मार्च २०२४ शुक्रबारकादिन मन्सुरा स्थित होटल होलि डे भिल्लाको शभाहलमा छैटौं महाधिवेशन गर्न लागेको मञ्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारिले जनसवाल राष्ट्रिय दैनिकलाई जानकारी गराएका छन । नेपाली जनप्रगतीशील मञ्च नेकपा माओवादी केन्द्रको प्रवास संगठन हो ।

छैटौं महाधिवेशनलाई सम्बोधन गर्न नेपाल सरकारका पूर्व गृगमन्त्री, पूर्व उर्जामन्त्री, पूर्व अर्थमन्त्री तथा नेकपा माओबादी केन्द्रका उप-महासचिव जनार्दन शर्मालाई प्रमुख अतिथिको रुपमा ल्याउने जानकारी अध्यक्ष भण्डारिले गराएका छन । तेस्तै गरि नेपाली केन्द्रीय सद्स्य तथा प्रवास समन्वय कमिटी सह-इन्चार्ज लक्ष्मण पन्थ, जनबादी गाएक नवीन खड्का र नेपाली जनप्रगतीशील मञ्च पश्चिमी एसियाका संयोजक तथा प्रवास समन्व कमिटिका सदस्य शनि कुमार ओलिको पनि सहभागिता रहने छ ।

NPPF कतारले यसै महाधिवेशनको अवसरमा कतारमा स्थापित सम्पुर्ण संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेबिहरु, विभिन्न सामाजिक अभियान्तहरु, बुद्धिजिबिहरु, पत्रकारहरु, कलाकारहरु साथै कतारलाई कर्मथलो बनाई बसेका सम्पुर्ण आस्थावान नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थितिको लागि आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend