logo
  • शनिबार, भाद्र २० २०८३

नेपाली एकता समाज कतारको आन्तरिक बनभोज कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

उद्धब मगर,दोहा ।

नेपाली एकता समाज कतारले आन्तरिक बनभोज कार्यक्रम सम्पन्न गरेको छ । नेपालि एकता समाजका अध्यक्ष रामप्रसाद पराजुलीको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथी अन्तरास्ट्रिय नेपाली एकता समाजका सदस्य खिम बुढा मगर रहनुभएको थियो । बनभोज कार्यक्रममा कतारमा सक्रिय विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कतार नेपाली एकता समाजका प्रथम उपाध्यक्ष कमल आचार्य, द्दितिय उपाध्यक्ष अमिना खान, के.स रक्तिम सास्कृतिक सल्लहाकार द्वय खगेस्वर भुसाल, हुमाकान्त आचार्य, वक्रा एरिया अध्यक्ष – मीन बहादुर बि. क, बुद्धिजीवी बिभाग सम्योजक- मिलन गौतम, रक्तिम सास्कृतिक अभियान अध्यक्ष बिमल भुसाल, महिला बिभाग सम्योजक,जानुका बस्नेत(खड्का) युग दर्शन रिपोर्टर द्वय उद्धब मगर, टेकराज थापा लगायतको अतिथ्यता रहेको थियो ।

सुभचिन्तक र कतार नेपाली एकता समजका एरिया एकाइ मा रहेर काम गर्नु हुने उपस्थित सम्पुर्णलाइ कतार नेपाली कता समाजका के.स.स हरि शर्माले आफ्ना मन्तब्यद्वारा स्वागत गर्नु भएको थियो भने कार्यक्रम सन्चालन महासचिब मीन बहादुर पुनको रहेको थियो ।उक्त कार्यक्रम सन्सारभर छरिएर रहेका आम शोषित पिडित मजदुरहरुको मुक्तिका लागि आहुतीदिने ज्ञात अज्ञात शहिदहरुप्रती एक मिनेट मौन धारण पश्चात् निरन्तर कार्यक्रम अगाडि बढेको थियो ।

सम्पुर्ण अतिथिगणहरुले आ – आफ्नो बिचार राख्नु भएको थियो भने कतार नेपाली एकता समाजका द्दितिय उपाध्यक्ष अमिना खानले कतार नेपाली एकता समाजमा जो जत्ती सदस्यहरु यस सङठनमा रहेर काम गर्नु भएको छ उहाहरु दूध र रक्सि मध्येमा पनि एक नम्बर दुधमा गन्तिमा आउने दावी गर्नुभयो । कार्यक्रम कत्ती अनुशासित कत्ती इमानदारिता  छ भन्ने कुराले पनि त्यो कुराको पुष्टि गर्ने उहाँको भनाई रहेको छ ।  कार्यक्रमका लागि भनेर दिन रात नभनी खट्नु भएका र जिम्मेवारी पूरा गर्नु भएका सम्पुर्णलाइ धन्यबाद समेत दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend