logo
  • शुक्रबार, साउन ८ २०८३

गुल्मेली सर्जक विजय खड्का गगनको नयाँ आधुनिक गीत “आगो छैन, धुवा छैन” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

 

 काठमाडौं । गुल्मेली सर्जक एवम् गजलकार विजय खड्का “गगनको  गीत “आगो छैन, धुवा छैन” सार्वजनिक भएको छ । गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारा जन्म घर भई काठमाण्डौलाई कर्मथलो बनाएका पछिल्लो समय नेपाली कला र साहित्यको क्षेत्रमा लोकप्रियता कमाउँदै आएका विजय खड्काले  फेरी अर्को  गीत सृजना गरेका छन् ।

चर्चित  आधुनिक गायक प्रमोद खरेलको स्वर रहेको गीतका सर्जक खड्काले उक्त गीतको डाइरेक्शन र अभिनय समेत गरेका छन्।  यस गीतमा उनी सँगै उनकी  जीवन सङ्गिनी अविदा खड्काले अभिनय गरेकी छिन् ।

विजय खड्का गगनले गजल, आधुनिक तथा लोक गीत समेत सृजना गर्दै आएका छन् । उनका पछिल्ला गीतहरु परदेशी दिदी  ‘नबदिलन्छ जिन्दगी’ आधुनिक र गत वर्षको तीज गीत ‘ अडकिएन हत्केलामा इत्यादि  हुन् ।

हेर्नुहाेस् भिडियो…

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend