logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी सम्पर्क समाज भारतद्वारा आयोजित तिज कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

देबेन्द्र केसी, नयाँ दिल्ली असोज १ ।
हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको पावन अवसर पारेर गुल्मी सम्पर्क समाज भारतले आयोजना गरेको “तिज मिलन कार्यक्रम” भव्यताको साथमा सम्पन्न भएको छ। नयाँ दिल्लीको सरोजनी नगर, राम मण्डपमा आयोजित कार्यक्रममा मुख्य अतिथि एभरेष्ट चेम्बर्स अफ कमर्सका चेयरमेन युवराज बराल हुनुन्थ्यो ।
विशिष्ट अथितिको रुपमा नेपाल सरकार जिसस गुल्मीकी सदस्य सुनिता जिसी अतिथिहरुमा पशुपतिनाथ मन्दिर समितिका अध्यक्ष जनक गिरी, एभरेष्ट चेम्बर अफ कमर्सका सल्लाहकार प्रमोद खरेल,पशुपति नाथ सोसाईटीका अध्यक्ष छविलाल कार्की, योल्मो पाँच पोखरी तामाङ्ग संस्थाका मिडिया संयोजक गोपाल भारद्वाज,गुल्मी -भुर्तुङ्ग सम्पर्क समाज भारतका उपाध्यक्ष डोलराज गौतम लगाएत बिभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले ‘प्रवासी धर्तीमा गुल्मेलीहरुको ऐक्यबद्धता साँच्चिकै लोभ लाग्दो भएको’ बताउनु भयो । कार्यक्रमको अध्यक्षता समाजकी कोषाध्यक्ष सिता अधिकारी र कार्यक्रम को संयोजन महिला सचिव हुमकला खड्काले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि जिसीले ‘गुल्मेलीहरुको अपार मायाले हर्ष बिभोर भएको’ बताउनु भयो।कार्यक्रममा संस्थाका अध्यक्ष टिका बहादुर कार्कीले मन्तव्य तथा सहब्यवस्थापक गुंजमान बिश्वकर्माले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा मौलिक तथा टिपिकल तिज गितहरु मा गुल्मेली चेलीहरुले कम्मर मर्काएका थिए । अबेर सम्म कार्यक्रम स्थलमा महिलाहरु टोली बनाएर नाचगान गरेका थिए । कार्यक्रममा खिर तथा अचारको ब्यवस्था गरिएपनि महिलाहरुको उर्लंदो चापले आयोजकलाई प्रसाद बितरणमा हम्मे,हम्मे परेको देख्न सकिन्थ्यो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष नरहरी घिमिरे,बरिष्ठ सल्लाहकार दुर्गा भण्डारी,सचिव मुकुन्द पौडेल,सहसचिव बिष्णु ज्ञवाली, स्वास्थ्य सचिव बाबुराम अधिकारी,सङ्गठन सचिव मिलन राना, सहकोषाध्यक्ष जिबन पौडेल,ब्यवस्थापक रामचन्द्र अधिकारी, सहब्यवस्थापक गुंजमान बिश्वकर्मा, सह-संङ्गठन सचिव गोकर्ण बस्नेत, सदस्य कमल पौडेल लगाएतले ब्यवस्थापनको जिम्मेदारी निभाउनु भएको थियो ।

अत्यन्तै सौहार्दपुर्ण बातावरणमा समापन भएको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य तथा गुल्मी -भुर्तुङ्ग सम्पर्क समाज भारतका अध्यक्ष देबेन्द्र केसीले गर्नुभएको थियो ।

फोटो : गोपाल भारद्वाज

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend