साझा नेटवर्क
दर्शन सुनार, कतार भदौ १६ ।
नेपाली श्रमिक कल्याणकारी संघ कतारले सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । संघले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सचेतनामुलक प्रशिक्षण सम्पन्न गरेको हो ।
कार्यक्रममा विशिष्ट प्रशिक्षक डा. विश्वनाथ पुटाना, सेफटी ट्रेनर सुदिप बस्नेत, अभिनन्दन शाक्य, बिमल सुवेदी सहित ofwa का दबिन्दर बानिस, Bwi का कोडिनेडर मार्को सङ्गै विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधीको उपस्थिति रहेको थियो ।
विशिष्ट अतिथी हेल्थ कन्सुल्टेन्ट डा. विश्वनाथ पुटानाले शारीरिक सम्बन्धी सुगर, प्रेसर युरिकेसिड, डाईबेटिज, ब्लड प्रेसर, थाईराईड, उच्च रक्तचाप सङ्गै अर्थपेटिक लगायत शारीरिक, मानसिक सम्बन्धी प्रशिक्षण गराएका थिए ।
मानिसका दैनिकी समस्याका बारेमा बताउदै समस्याका प्रश्ननोतर उतर सवाल जवाफको समिश्रण गर्दै स्वास्थ सम्बन्धी कुनै समस्या भए श्रमिकका लागि केही प्रतिशत छुट सङ्गै अल अबिर मेडिकल सदैब श्रमिकको लागी खुला रहने बताए ।
सेफ्टी ट्रेनर सुदिप बस्नेतले स्वास्थ तथा सुरक्षा , मानसिक सन्तुलन सम्बन्धी प्रशिक्षण गराएका थिए । त्यसैगरी सेफ्टी ट्रेनर बिमल सुबेदीले सचेतनामुलक तथा सुरक्षा सम्बन्धी बेसिक ट्रेनिङ गराएका थिए ।
सेफ्टी ट्रेनर अभिनन्दन शाक्यले फायर तथा अक्सिजनको बेसिक ट्रेनिङ सङ्गै फायर, आलार्म, केमिकल, फस्ट एड तथा प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको सभाहलमा डा. विश्वनाथ लगायत सेफ्टी ट्रेनर प्रशिक्षकहरुलाई मायाको चिनो सहित कदर पत्र प्रदान गरिएको थियो ।
सेफ्टी ट्रेनर पश्चात् सुरक्षा सम्बन्धी केही प्रश्न सोधिएको थियो । सहि जवाफ दिने विभिन्न ५ जनालाई र कार्यक्रमको ठिक समयमा उपस्थित भएका १ जनालाई गरि ६ जनालाई पुरस्कार समेत प्रदान गरिएको थियो ।
संघका अध्यक्ष देब लम्सालको अध्यक्षता रहेको कार्यक्रमको बारेमा संघका उपाध्यक्ष नारायण खपाङ्गी मगरले जानकारी गराएका थिए ।
अध्यक्ष देब लम्सालले हलमा उपस्थित सम्पुर्णलाई धन्यवाद गर्दै कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको सहजीकरण संघका सचिब सुरत शाहीले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend