साझा नेटवर्क
दर्शन सुनार, कतार ४ भदौ ।
कतारमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व मानवता दिवसको अवसर पारेर नेपाली रक्तदाता संघ कतार र Qatar Red Crescent को संयुक्त आयोजनामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो । आईतबार कतार रेड कृसन्टको सभाहलमा नेपाली राजदुतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीले रक्तदान गरेपछि रक्तदान कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रममा रक्तदान गर्नका लागी ६३ जनाले रजिष्ट्रेसन गरेका थिए जस मध्य ४८ जनाले रक्तदान गर्न सफल रहेको संघका अध्यक्ष रामजी खत्रीले जानकारी दिए कार्यक्रममा आईसीसी तथा एनसिसी कतारका पदाधिकारीहरु कतारमा स्थापित विभिन्न जिल्ला सस्थांका अध्यक्ष तथा प्रतिनिधी, पत्रकार तथा पाकिस्तान, ईन्डिया बगंलादेशका श्रमिकहरुको समेत उपस्तिथि रहेको थियो संघका अध्यक्ष रामजी खत्रीले परोपकारी तथा मानविय कार्यमा सहभागी भएर रक्तदान गर्नुहुने सम्पुर्णलाई हार्दिक आभार सहित धन्यवाद प्रकट गरेका थिए
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend