logo
  • शनिबार, भाद्र २० २०८३

विशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८० को आवेदन फाराम खुल्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

 

काठमाण्डौं, १५ साउन ।  कल्पना स्मृती फाउण्डेशनको सहयोगार्थ विशाल मुभिज प्रा.लि.द्धारा आयोजित विशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० को मनोनयन आवेदन फराम खुल्ला गरीएको छ ।

पर्व गीत अन्तरगत तीज गीतको २३ विधामा अवार्ड वितरण गर्न लागिएको विशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड -२०८० को आयोजक समिती संयोजक कमला बि.शी.ले जानकारी दिनु भयो । फाराम साउन महिनाको अन्तिम सम्म खुल्ला रहनेछ भने भाद्र महिनाको पहिलो साता उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिने भएको छ ।

अवार्डको फाईनल कार्यक्रम असोजको पहिलो साता काठमाण्डौंमा एक भब्य समारोहकाबीच हुनेछ । मौलिक तिज संस्कृतीको संरक्षण अनि सम्बद्धन गर्ने उदेश्यले आयोजना गर्को लागिएको विशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० लाई सफल बनाउन ७ सदस्यीय जुरी निर्णायक समिती समेत गठन गरिएको कुरा आयोजक संस्था बिशाल मुभिज प्रा.लि.का अध्यक्ष गायक,सर्जक हुम गैरेले जानकारी गराए । अवाडर्को फाईनल कार्यक्रममा तीज गीत संस्कृती सँग सम्बन्धित करीब एक दर्जन स्रष्टा,सर्जक,गायक,गायिकाहरुलाई सम्मान समेत प्रदान गरिने कुरा आयोजक समितीका उपाध्यक्ष धिरज खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend