साझा नेटवर्क
साझा नेटवर्क, कतार साउन १०।
गैरआवासीय नेपाली संघ (एनआरएनन) राष्ट्रिय समन्वय परिषद् कतारको आगामी २०२३-२५ कार्यकाल लागि झबिन्द्र आचार्यले सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन ।
बिगत लामो समयदेखि कतारमा कार्यरत रहेका आचार्य विभिन्न सामाजिक कार्यमा समेत सक्रिय छन । सामजिक कार्यमा आर्जन गरेको अनुभव र सस्थांको आर्थिक पार्दशिता पहिलो प्राथमिकतामा राखेर सस्थांको पारदर्शिता र ब्यबस्थापन गर्न लागि सह–कोषाध्यक्षमा पदमा उम्मेदवारी दिएको आचार्यले बताए ।
गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेमा जन्मिएका आचार्य कतारमा ब्यवसाय गर्दै आईरहेका छन् । आफ्नै व्वयसाय सुरु गरेपछी आफ्नो समाजसेवी सामाजिक कार्यमा अग्रसर हुन र भावनालाई थप टेवा मिलेको उनले बताए । उनी भन्छन् ‘सामाजिक संस्थामा सक्रिय हुनुको अर्थ नै सेवा हो, संस्थाबाट लिने होइन, दिने हो, सकेसम्म योगदान गर्ने हो ।
जहाँ देशलाई दुख्छ जहाँ नेपालीलाई दुख्छ आफु सदैब सहयोगमा उभिएको बताउछन् । समस्यामा होस्, वा गृह जिल्लाका पिडितहरुको घाउमा मलम लगाउन होस् वा कर्मभुमिमा दुखमा परेका नेपालीहरुको उद्धारको निम्ती किन नहोस् आफु सदैब सहयोग गर्न तप्पर रहेको उनले बताए ।
कतारमा स्थापित विभिन्न सामाजिक सस्थांको नेतृत्व समेत गरेका हाल गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार लगायत विभिन्न संघ सस्थांमा समेत आबद्ध रहेका छन् ।
कतारमा रहनुहुने सम्पुर्ण नेपालीहरुको साथ सहयोगको अपेक्षा गर्दै आम नेपाली जनसमुदायले साथ समर्थन सहित अमुल्य मत प्रदान गरी विजयी गराउन सबैलाई आग्रह गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend