logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मीका पाण्डे NRNA कतारको चुनावी मैदानमा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार साउन १० ।
गुल्मीका पाण्डे आफ्ना प्रतिवद्धताहरु सहित NRNA कतारको चुनावी मैदानमा उत्रिएका छन । गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको दशौँ महाअधिवेशन (२०२३-२०२५) कार्यकालका लागी विभिन्न पदहरुमा उम्मेदवारी घोषणा सँगै पाण्डेले कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका १, पौदीमा जन्मिएका पाण्डे लामो समय प्रवासमा रहदै आफुलाई समाज सेवामा समर्पित गर्दै प्रवास होस या गृह जिल्लामा भइपरी आउने समस्यामा पिडितहरुको उद्धारको निम्ती सदैव अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएका छन् ।

उनले कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक, हितका लागि आगामी दिनहरुमा काम गर्ने बताए । सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका पाण्डे हाल गुल्मी सेवा समाज कतारका प्रमुख संरक्षक तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष पनि हुन् ।

सामान्य मजदुरबाट सुरु गरेको मेरो सामाजिक यात्रामा धेरै उतार चढाव आएतापनि कहिँ कतै बिचलित हुनु परेन र हुनुपर्ने पनि छैन, मलाई यहाँसम्म आउन प्रेरणा प्रदान गर्नुहुने अग्रज, शुभचिन्तक र सहकर्मी सबैमा नमन गर्दछु उनले भने ।

समयको माग संगै यहाँहरुको मायाबाट प्रेरित भई आर्थिक पाटोलाई सहि व्यवस्थापन गराएर सरल र सहज पारदर्शीता राख्ने दृढ संकल्प गर्दै एनआरएनए कतारको गरिमा र प्रतिष्ठालाई थप उचाईमा पुर्याउन केही गर्ने आत्म विस्वासका साथ उम्मेदवारी दिएको साझा नेटवर्कलाई जानकारी दिए ।

कतारमा रहनुहुने सम्पुर्ण नेपालीहरुको साथ सहयोगको अपेक्षा गर्दै आम नेपाली जनसमुदायले साथ समर्थन सहित अमुल्य मत प्रदान गरी  विजयी गराउन  सबैलाई आग्रह गरेका छन ।


गैर आवासिय नेपाली संघ कतार च्याप्टरको कोषाध्यक्ष पदमा मेरो उम्मेद्धवारी ।

आदरणीय कतारमा कार्यरत गैरआवासीय नेपाली दाजुभाई तथा दिदिवहिनीहरु, पत्रकार साथीहरु, गैरआवासीय नेपाली संघको अभियानमा लाग्नु भएका अग्रजज्युहरु सामाजिक, वौद्धिक व्यक्तित्वज्युहरु तथा परिषद सदस्य ज्युहरु सबैमा नमस्कार ।

लामो समयदेखि कतारलाई कर्मभुमी बनाइ रहेको छु । यो अवधिमा यो भुमिमा मैले धेरै नेपाली श्रमिकहरुका समस्या देख्दै झेल्दै र समस्या समाधानको लागि केही मह्लम लगाउदै आइरहेको छु । समाजमा गरेका योगदानहरुको बारेमा यहाँहरु अवगतै नै हुनुहुन्छ ।

लामो समयदेखि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको कोष दुरुपयोगको आशन्का भैरहेको र वर्तमान परिवेशमा पनि परिषदको कोष अपचलन भएको आशान्का नै छ । आगामी दिनहरुमा कोष अपचलन हुन नदिन र सरल एवं सहज तरिकाले पारदर्शी राख्ने जिम्मेवारी सहित आगामी २३-२५ कार्यकाको लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको छु।

मेरा प्रतिवद्धताहरु

१. कोषमा रहेको रकम अपचलन हुन दिने छैन ।

२. श्रमिकहरुले अधिकतम् लाभ उठाउन सक्ने प्रकृतिका योजनाहरु संस्थाको नीति तथा कार्यक्रममा समावेश गराउनेछु ।

३. संस्थाले गरेको कुनैपनि कार्यक्रममा भएको आम्दानी खर्चको विवरण कार्यक्रम गरेको १५ दिन भित्रमा पारदर्शी हुने गरि कार्यक्रममा सहभागी संघ-संस्था वा सहयोगीहरुको प्रत्यक्ष उपस्थितिमा जानाकारी गराउनेछु ।

४. वैदेशिक रोजगारिको लागि विदेशीने जो कोहि नेपाली नागरिकको लागि स्वदेशमै आधारभुत तालिम व्यवस्था गराउनको लागि आवाज बुलन्द गर्ने छु ।

५. आगामी कार्यकाल भरी संस्थालाई आर्थिक पारदर्शी राख्नको लागि प्रत्येक ३-३ महिनामा संस्थाको बैंक स्टेटमेन्ट सहित सबै संघ-संस्थालाई ईमेल मार्फत जानकारी गराउनेछु ।


विशेष आभार सहित
बुद्ध पाण्डे
QA01000069
NRNA NCC कतारको कोषाध्यक्ष पदका उम्मेद्वार ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend