साझा नेटवर्क
बुटवल, असोज ११।
नेपाली कांग्रेस सैनमैना नगर १ नम्वर वडा समीतीको आयोजनामा नेपाली कांग्रस गुल्मी जिल्ला सदस्य अनन्त पौडेलकी माता धनकला पौडेलको श्रदान्जली सभा आज सैनामैना नगरपालीका को उहाकै निवासमा सम्पन्न भएको छ ।
वडा सभापती चिन्तामणी भुसालको सभापतीत्व तथा नेपाली काग्रेस रुपन्देही क्षेत्र न ४ का सभापती हरी लम्सालको प्रमुख आथीत्यतामा भएको कार्यक्रमको सन्चालन वडा सचीव विष्णु सतुन्ने ले गर्नु भएको थियो । सभामा प्रमुख अतिथी हरी लम्सालले धनकला पौडेलले देखाएको वाटोमा हिड्न सके उहां प्रती सच्चा श्रदान्जली हुने वताउनु भयो ।
कार्यक्रममा जिल्ला सदस्य गोविन्द लम्साल ,फडीन्द्र प्रसाद शर्मा ,सैनामैना नगर सभापती राम प्रसाद अधिकारी, गुल्मी हुगा गाविसका सभापती महेश्वर भण्डारी लगायतले श्रदान्जली मन्तव्य राख्नु भएको थियो । गुल्मी हुगा गाविस का सभापती महेश्वर भण्डारीले धनकला पौडेलको जिवनी का विषयमा पनी प्रस्ट पार्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend