साझा नेटवर्क
कतारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पर्वत समाज कतार र नेपाली रक्तदाता संघ कतारको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
शुक्रबार कतारको अलसाद स्थित हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा आयोजित रक्तदान कार्यक्रममा १७१ जनाको उपस्थिति रहेको थियो ६८ जनाले रक्तदानको लागी रजिष्ट्रेसन गरेका थिए जस मध्य ५२ जनाले रक्तदान गर्न सफल भएको समाजका अध्यक्ष रघुनाथ शर्माले साझा नेटवर्कलाई जानकारी दिए। कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक तथा बैचारिक सस्थाहरु, जिल्ला संस्थाहरु विभिन्न जातिय संस्थाहरु बुद्धिजिवी, समाजसेवी, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्तिथि रहेको थियो ।
समाजले कार्यक्रममा उपस्थित भएर रक्तदान गर्नुभएका सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै सम्मान पत्र समेत प्रदान गरेको थियो रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर कार्यक्रमलाई सभ्य र भव्य बनाइदिनु हुने सम्पुर्णलाई समाजका अध्यक्ष रघुनाथ शर्माले धन्यवाद तथा आभार प्रकट गरे “निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत” भन्ने मुल नाराका साथ कतारमा सन २००३ मा स्थापना भएको समाजले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend