logo
  • शनिबार, भाद्र २० २०८३

एनआरएनए एनसिसी कतारको तृतीय उपाध्यक्षमा अजमत अलीले उम्मेदवारी दिने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दर्शन सुनार, कतार दोहा ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारको आगामी कार्यकाल २०२३/०२५ को लागि अजमत अलीले तृतीय उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छ्न ।

विगत लामो समय देखि कतार बसाईका भोगाई सामाजिक तथा जातीय संघ संस्थाको नेतृत्व गरेर सामाजिक काम गर्दा आफुले बटुलेको अनुभवका आधारमा आगामी २०२३/२५ कार्यकालको लागि तृतीय उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेको बताए।

अलीले कतारमा स्थापित संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, गैर आवासीय नेपाली संघका अग्रज तथा सामाजिक अभियन्ता, बुद्धिजीवी व्यवसायी, परिषद् सदस्य, पत्रकार एवम् कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु सबैलाई अमुल्य मतदान गरेर साथ, सहयोग र समर्थनका लागि अपिल गरेका छन स्याङ्जा जिल्लामा जन्मिएका अली वैदेशिक रोजगारीको सिलसिलामा १९ वर्षदेखि कतारमा छन् ।

उनी स्याङ्जा सहयोग समाज कतारका निबर्तमान अध्यक्ष, गण्डकी समन्वय परिषद कतारका निवर्तमान उपाध्यक्ष,तथा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारका अध्यक्ष समेत रहेका छन् l अलीका मुख्य एजेन्डा सन्तुलित समाज, श्रमिकको पहुच,अनुभव र सक्रियता,समावेशिता, पार्दर्शिता र इमानदारीता रहेका छन् गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको चुनाव यही आउदो जुलाई २१ का दिन हुन गईरहेको छ

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend