साझा नेटवर्क
दर्शन सुनार, कतार साउन २ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारको आगामी कार्यकाल २०२३/०२५को लागि रबिन मगरले महासचिव पदमा उम्मेदवारी दिने भएका छ्न ।
वर्तमान कार्यसमितिमा सचिव समेत रहेका मगरले आगामी कार्यकालको लागि महासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन ।
विगत लामो समयदेखि कतारमा कार्यरत मगरले संघमा २०२१/२३ कार्यकालमा सचिब भएर काम गरेको अनुभव र संघलाई मैत्रीपुर्ण बनाउन पहलकदमी कार्यको लागि आगामी २०२३/२५ कार्यकाललाई महासचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको साझा नेटवर्कलाई बताए।
मगरले कतारमा स्थापित संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, गैर आवासीय नेपाली संघका अग्रज तथा सामाजिक अभियन्ता, बुद्धिजीवी व्यवसायी, परिषद् सदस्य, पत्रकार एवं कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु सबैलाई अमुल्य मतदान गरेर साथ, सहयोग र समर्थनका लागि अपिल गरेका छन ।
धनकुटा जिल्लाको पाख्रीबास ५ दियालेमा जन्मिएका मगर वैदेशिक रोजगारीको सिलसिलामा १५ वर्षदेखि कतारमा छन। उनि धनकुटा सेवा समाज कतारका वरिष्ठ उपाध्यक्ष, नेपाल मगर संघ शाखा कतारका पूर्वसचिव तथा वर्तमान सल्लाहकार समेत रहेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend