logo
  • शनिबार, भाद्र २० २०८३

एनआरएनए कतारको सचिबमा रोशन अर्यालको उम्मेदवारी घोषणा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दर्शन सुनार, कतार असार ३१।
गैर आवसीय नेपाली संघ (एनआरएनए) कतारको सचिबमा रोशन अर्यालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् सम्पुर्ण श्रमजिविहरुको अधिकारहरू पुर्ण गर्न, सम्बोधन गर्न र सम्पुर्ण श्रमिकहरुको ब्यक्तित्व विकास र पूर्तिलाई बढावा दिने वातावरण सिर्जना गर्न २०२३/२५ कार्यकालको लागी सचिब पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

दोहाका हरेक संघ-सस्थां सङ्ग हातेमालो गर्दै यस गरिमामय संस्थालाई श्रमिक मैत्रीपुर्ण र निस्पक्ष बनाउन पहलकदमी लिनुका साथै तमाम श्रमिकहरुको हक र हितका लागि, समाजसेवामा अझ समर्पित र शशक्त भएर सदैब मजदुरहरुको हक र हितका लागी आफुले काम गर्ने बताए ।

एक सभ्य समाजको निर्माणमा जुट्नको लागी सबैलाई आवहन गर्दै आफ्नो उम्मेदवारीमा अमुल्य मतदान गर्नका लागी दोहाबासी सम्पुर्ण नेपालीहरुलाई अपिल गरेका छन ।

बिगत लामो समय देखि कतारमा कार्यरत अर्याल हाल स्याङ्जा सेवा समाज कतारका सांस्कृतिक संयोजक,साथै गन्डकी प्रदेश समन्वय परिषद कतारका कोषाध्यक्ष लगायत विभिन्न संघ-सस्थांमा समेत आवद्ध रहेका अर्याल सामाजिक कार्यमा समेत सक्रिय छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend