logo
  • शनिबार, भाद्र २० २०८३

एनसिसी कतारको सह-कोषाध्यक्षमा गुल्मीका आचार्यले उम्मेदवारी दिने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दर्शन सुनार, कतार असार ३० ।
गैरआवासिय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकाल २०२३/२५को लागी झबिन्द्र आचार्यले सह-कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन केही दिन अघि आचार्यले सामाजिक सन्जाल मार्फत आफनो उम्मेदवारी घोषणा गरेका हुन ।

बिगत लामो समय देखि कतारमा कार्यरत रहेका आचार्य विभिन्न सामाजिक कार्यमा समेत सक्रिय छन सामजिक कार्यमा आर्जन गरेको अनुभव र सस्थांको आर्थिक पार्दशिता पहिलो प्राथमिकतामा राखेर सस्थांको पारदर्शिता र ब्यबस्थापन गर्न २०२३/२५ कार्यकालको लागी आचार्यले सह-कोषाध्यक्षमा पदमा उम्मेदवारी दिएको बताए।

गुल्मी जिल्ला मालिका गाउपालिका वडा न ५मा जन्मिएका आचार्य कतारमा ब्यवसाय गर्दै आईरहेका छन आफनै ब्यवसाय सुरु गरेपछी आफ्नो समाजसेवी सामाजिक कार्यमा अग्रसर हुन र भावनालाई थप टेवा मिलेको बताए सामाजिक संस्थामा सक्रिय हुनुको अर्थ नै सेवा हो,‘संस्थाबाट लिने होइन, दिने हो, सकेसम्म योगदान गर्ने हो’,आचार्यले बताए ।

जहाँ देशलाई दुख्छ जहाँ नेपालीलाई दुख्छ आफु सदैब सहयोगमा उभिएको बताउछन भै परी आउने समस्यामा होस, या गृह जिल्लाका पिडितहरुको घाउमा मलम लगाउन होस,या कर्मभुमिमा दुखमा परेका नेपालीहरुको उद्धारको निम्ती होस आफु सदैब सहयोग गर्न तप्पर रहेको बताए।

कतारमा स्थापित विभिन्न सामाजिक सस्थांको नेतृत्व समेत गरेका हाल गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार लगायत विभिन्न संघ सस्थांमा समेत आबद्ध रहेका छन आफनो उम्मेदवारीमा कतारमा रहनुहुने सम्पुर्ण नेपालीहरुको साथ सहयोगको अपेक्षा गर्दै आम नेपाली जनसमुदायले साथ समर्थन गरि अमुल्य मत प्रदान गरि भारी मतले बिजयी गराउन सबैलाई आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend