साझा नेटवर्क
दर्शन सुनार,दोहा असार २९ ।
गैरआवसीय नेपाली संघ एनआरएनए एनसिसी कतारको कोषाध्यक्षमा सुदर्शन भन्डारीले आफ्नो उम्मेदवारी घोषणा छन् । विगत लामो समय देखि कतारमा कार्यरत रहेका भन्डारी विभिन्न सामाजिक तथा परोपकारी कार्यमा सक्रिय छन् । आफ्नो शैक्षिक योग्यता तथा अनुभवको आधारमा कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उनले बताए ।
नुवाकोट जिल्लामा जन्मेका भन्डारी वैदेशिक रोजगारीको शिलशिलामा कतारलाई कर्म थलो बनाउदै आएका छन । उनि मानव सेवा आश्रमको कोषाध्यक्ष देखि कतारमा स्थापित सामजिक तथा मानबिय संघ-सस्थामा आवद्ध छन । नेपाली समुदायबिच समाजसेवीको रुपमा समेत परिचित रहेका भन्डारीले कतार बसाईको एक दशकअवधिको अनुभवमा आफुले अनेकन नेपाली श्रमिकको समस्या देख्दै आइरहेको र ति समस्याका हल के कति प्रभावकारी कार्यान्वयन भैरहेको छ दोहा बासी नेपाली समुदायलाई प्रष्ट भएको बताए ।
हाल दोहामा तरङ्गित कोष दुरुपयोगको आरोपबाट दुषित परिषदको कोष सङ्ल्याउन २०२३-२०२५ कार्यकालको लागि कोषाध्यक्ष पदमा आफनो उम्मेदवारी दिने घोषणा गरेको भन्डारीले साझा नेटवर्कलाई बताए । भन्डारीले आफुलाई मत दिन कतारमा रहनुहुने सम्पुर्ण नेपालीहरूलाई मतदान गर्नका लागी अपिल पनि गरेका छन ।
उनले सार्वजनिक गरेका एजेन्डाहरु:
१) कोषमा रहेको रकम अपचलन हुन नदिन र धेरै भन्दा धेरै अर्थ संकलन गरि नेपालमा नै कतारबाट फर्किएका श्रमिकहरुका लागि रचनात्मक क्षेत्रमा लगानीमा प्रोत्साहन दिइ समाजलाई अधिकतम् लाभ उठाउने प्रकृतिका अभ्यासका लागि २)कुनै पनि देशमा बिना तालिम या बिना सिप जाने प्रवृत्ति रोकको माग साथै दलालका बिगबिगी रोक्न
२) ४०/६० अनुपातमा कोषको रकम बिभाजन गरि कम्तिमा तत्कालीन १०० ब्यक्तिलाइ रोजगार र कम्तिमा ५००० जना लाभान्वित हुने योजना पर्क्षेपणका लागि ।
३) पाँच बर्ष भित्रमा सो योजना नेपालको बिभिन्न जिल्लामा कम्तीमा १००० जनालाइ रोजगारी र तत् संस्थाको चुक्ता पुँजी १ अरब बनाउनका लागि ।
४) परिषदलाई राजनिति, षड्यन्त्र र किचलो बाहिर राखि समझदारी र सौहार्दपूर्ण वातावरणमा सेवा प्रदान गर्ने सस्थाको रुपमा विकास गर्नाका लागि।
५) जिल्ला र सिटिइभिटी सँग समन्वय गरेर हरेक जिल्लामा एक एक तालिम केन्द्र स्थापना गरी विदेश आउने हरेक नेपाली श्रमिकहरुले प्राविधिक शिक्षा र तालिम प्राप्त गरी certified बनाइ अर्धदक्ष क्षेत्रमा धेरै भन्दा धेरै तलबमा आउन सक्ने स्थितिको सृजना गर्न पहल गर्ने ।
६) कतारमा श्रमका लागि आउने हरेक नेपालीले वर्षको 10 रुपैया जम्मा गर्ने र ती रकम संकलन गरी बिदेशबाट नेपाल फर्किएका नेपालीहरुको लागि स्थानीय क्षेत्रमा रोजगारी सिर्जना गर्नुको लागि पूर्वाधार खडा गर्ने ।
७) ncc कतारमा हुनेगरेका विविध कार्यक्रमका अनावश्यक खर्च कम गरी त्यसबाट बचत रकम कतारमा रोजगारीका साथै पत्रकारिता र कलाकारिता गरिरहनु भएकाहरुलाई निश्चित पारिश्रमिक तोकि उचित ब्याबस्थापन गर्ने र सके सम्म स्थानिय कलाकार नै प्रयोग गरेर कार्यक्रम गराउने परिपाटी सृजनार्थ ।
८) ncc श्रमिकमुखी बनाउनको लागि अनलाइन फारमहरु भर्न नसक्ने नेपालीहरुको सहयोग होस् भन्ने दृष्टिले राजदूतावासलाई आग्रह गरी एनआरएनए कतारको प्रतिनिधि या अन्य स्रोतको एक सहयोगी र फोटोकपी मेसिन राख्नको लागि पहल गर्ने ।
९) महिनाको एकपटक labour क्याम्पहरुमा visit गरी वस्तुस्थिति खोज्ने र नाजुक अवस्था देखिएमा सम्बन्धित निकायमा खबर गरि उचित ब्याबस्थापनको लागि दबाब दिने र अन्त्यमा, परिषदको उदेश्य प्राप्तिको लागि कार्य गर्ने ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend