साझा नेटवर्क
दर्शन सुनार,दोहा असार २९ ।
गैर आवसीय नेपाली संघ (एनआरएनए) कतारको कोषाध्यक्षमा बुद्ध पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । उनले केही दिन अघि सामाजिक सन्जाल मार्फत आफनो उम्मेदवारी घोषणा गरेका हुन । विगत लामो समय देखि कतारमा कार्यरत रहेका पाण्डे विभिन्न सामाजिक कार्यक्रममा सक्रिय रहँदै आएका छन् ।
सामाजिक क्षेत्रमा आफूले आर्जन गरेको अनुभवका साथै आर्थिक पाटोलाई सहि ब्यवस्थापन गराएर सरल र सहज पारदर्शी राख्ने दृढ संकल्पका साथ २०२३/२५ कार्यकालको लागी कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको उनले बताए । पाण्डेले नेपाली समाजप्रति आफूले निभाउनु पर्ने भूमिका र दायित्वलाई कहिले पनि न भुलेको बताए । २ दशक अघि कतार आएका पान्डे नेपाली समुदायको हितका लागी काम गरेको र लामो कतार बसाइका भोगाइ, संस्थामा रहेर गरेका कामका आधारमा बटुलेको अनुभव र नयाँ योजना सहित कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।
कतारमा स्थापित विभिन्न सामाजिक सस्थांको नेतृत्व समेत गरेका पान्डे हाल लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष साथै गुल्मी सेवा समाज कतारका प्रमुख संरक्षक लगायत विभिन्न संघ सस्थांमा समेत आबद्ध रहेका छन । आफनो उम्मेदवारीमा कतारमा रहनुहुने सम्पुर्ण नेपालीहरुको साथ सहयोगको अपेक्षा गर्दै आम नेपाली जनसमुदायले साथ समर्थन गरि अमुल्य मत प्रदान गरि भारी मतले बिजयी गराउन उनले सबैलाई आग्रह गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend