साझा नेटवर्क
कुमार अविरल पन्थी, कतार साउन १ ।
गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको दशौँ महाअधिवेशन (२०२३-२०२५) कार्यकालका लागी विभिन्न पदहरुमा उम्मेदवारी घोषणा सँगै कतारमा सरगर्मी बढेको छ ।
यसै क्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको कोषाध्यक्ष पदमा बुद्ध पाण्डेले उम्मेदवारी दिने भएका छ्न । पाण्डेले आगामी कार्यकाल २०२३-२०२५ को लागि कोषाध्यक्षमा पदमा उम्मेद्वारी दिन लागेको घोषणा गरेका हुन । सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका पाण्डे हाल गुल्मी सेवा समाज कतारका प्रमुख संरक्षक तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष हुन् ।
लामो समय प्रवासमा रहदै आएका पाण्डे आफुलाई समाज सेवामा समर्पित गर्दै आएका छन् । उनले कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक, हितका लागि आगामी दिनहरुमा काम गर्ने बताए ।
सामान्य मजदुरबाट सुरु गरेको मेरो सामाजिक यात्रामा धेरै उतार चढाव आएतापनि कहिँ कतै बिचलित हुनु परेन र हुनुपर्ने पनि छैन, मलाई यहाँसम्म आउन प्रेरणा प्रदान गर्नुहुने अग्रज, शुभचिन्तक र सहकर्मी सबैमा नमन गर्दछु उनले भने ।
समयको माग संगै यहाँहरुको मायाबाट प्रेरित भई आर्थिक पाटोलाई सहि व्यवस्थापन गराएर सरल र सहज पारदर्शीता राख्ने दृढ संकल्प गर्दै एनआरएनए एनसिसि कतारको गरिमा र प्रतिष्ठालाई थप उचाईमा पुर्याउन केही गर्ने आत्म विस्वासका साथ उम्मेदवारी दिने निर्णय गरेको साझा नेटवर्कलाई जानकारी दिए ।
रोजगारिको सिलसिलामा कतारमा रहनु भएका आदरणीय गैर आवासीय नेपाली दाजु-भाइ तथा दिदि-बहिनिहरु, व्यवसायी, वुद्धिजिवी, पत्रकार, मिडियाकर्मी लगायत सम्पुर्णमा नमस्कार ।
गैर आवासिय नेपाली संघ कतार च्याप्टरको कोषाध्यक्ष पदमा मेरो उम्मेद्धवारी ।
विगत लामाे समयदेखि कतारमा विभिन्न संघ सस्थामा कार्यरत रहदै, सामाजिक कार्यहरुमा निरन्तर सक्रिय हुदै गुल्मी सेवा समाज कतारको पुर्व अध्यक्ष तथा वर्तमान कार्यसमितिको संरक्षक तथा लुम्विनी परदेश समन्वय परिषद कतारको अध्यक्ष पदमा रहेर काम गर्दै गर्दा यहाँहरु सँगको सामिप्यता बढ्दै जादा कतारमा स्थापित संघ-सस्था समुदाय तथा गैर आवासीय नेपाली संघ कतारसँग पनि धेरै नजिक भएर काम गर्ने मौका मिल्यो र यसलाई मैले सेवा गर्ने मौकाको रुपमा महसुस गरेको छु ।
थप जिम्मेवारी सहित आगामी कार्यकालको कार्यसमितिमा रहेर सेवा गर्ने दृढ ईच्छा भएको हुदा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारकाे २०२३-२०२५ कार्यकालका लागि कोषाध्यक्ष पदमा उम्मेद्वारी घाेषणा गरेकाे सहर्ष जानकारी गराउदै कतारमा स्थापित सम्पुर्ण संस्थाका प्रतिनिधि, वुद्धिजीवी तथा समाज सेवी महानुभावहरु समक्ष सहयोगको अपेक्षा सहित हार्दिक अपिल गर्दछु ।
साथै गैर आवासीय नेपाली संघका विभिन्न अभियानलाई पुर्णता दिन थप उर्जा प्रदान गर्नेछु भन्दै पुर्ण साथ सहयोग र समर्थनको अपेक्षा सहित मेरो उम्मेद्वारी घोषणा गरेको छु । धन्यवाद !
विशेष आभार सहित
बुद्ध पाण्डे
QA01000069
NRNA NCC कतारको कोषाध्यक्ष पदका उम्मेद्वार ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend