logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा सरकारी कार्यालयका लागि जनताले दिए जग्गा दान


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी जेठ १२।
जिल्ला वन कार्यालय गुल्मीद्धारा सञ्चालित मदाने संरक्षित वन कार्यक्रमको कार्यालय भवन निर्माणका लागि यहाँका जनताले जग्गा दान गरेका छन् ।
giving land
वाँझकटेरी–३ स्थित मजुवा भन्ने स्थानमा रहेको १२ लाख मुल्य वरावरको एक रोपनी जग्गा बाँझकटेरी–२ का ज्ञानकुमार भुसाल र सिर्सेनी– ७ का नोखलाल अर्यालले दिएका हुन् । आज जिल्ला वन कार्यालयमा आयोजित हस्तान्तरण कार्यक्रममा भुसाल र अर्र्यालले जिल्ला वन अधिकृत विशाल घिमिरेलाई सो कार्यालयको नाममा मालपोत कार्यालयमा पास गराईएको लालपुर्जा हस्तान्तरण गरेका थिए ।

ban karyalay

जिल्ला वन अधिकृत घिमिरेलाई जग्गाको लालपुर्जा प्रदान गर्दै जग्गादाता र कार्यक्रममा सहभागिहरु सामुहिक तस्वीर खिचाउँदै ।

आफुहरुको वसोवास क्षेत्रमा मदाने संक्षित वन कार्यक्रम गत ५ वर्षदेखि संचालित भएपछि त्यस वन भित्रका जनावर, चराचुरुङ्गी, जडीवुटी र वनस्पति लगायतको जैविक विविधताका निकै संरक्षण हुँदै आएकोले त्यसबाट प्रभावित भई संरक्षण गर्न थप सघाउ पुगोस भन्ने उद्देश्यका साथ आफुहरुले उक्त जग्गा निशुल्क प्रदान गरेको जग्गादाता भुसाल र अर्यालले बताए ।

उनिहरुले सालझण्डी ढोरपाटन मोटरबाटाको छेउमा रहेको खेत प्रति व्यक्तिले आधा–आधा रोपनी प्रदान गरेका हुन् । २०६८ साल देखि सञ्चालन भएको सो कार्यक्रमको कार्यालय हाल सम्म बाँझकटेरीको भेडेखोरमा भाडामा राखिदै आएको वन अधिकृत घिमिरेले जानकारी दिए ।

गुल्मीको उत्तर पश्चिमका ११ वटा गाविस भित्र पर्ने मदाने लेक लुम्विनी अञ्चलकै सवै भन्दा अग्लो अर्थात २६ सय ९० मिटर उचाईमा रहेको छ । उक्त कार्यक्रमले त्यसको शिरबाट वग्ने छल्दी खोला, निस्तीखोला लगायतका महत्वपुर्ण पानीका मुहान संरक्षण गर्दै त्यसबाट उर्जा उत्पादनको क्षेत्रमा जनस्तरतलाई प्रोत्साहित गर्ने, कृषि, वन, वातवरण र जिविकोपार्जनका लागि विभिन्न कार्यक्रमहरु गदै आई रहेको छ ।

उक्त कार्यक्रमका लागि प्राप्त भएको जग्गामा संवन्धित निकाय संग आवस्यक रकमका लागि पहल गरी यथासिघ्र भवन निर्माण गरिने जिल्ला वन अधिकृत घिमिरेले बताए । मदानेका अलवा जिल्लाको अर्को ऐतिहाँसिक ,धार्मिक र पर्यटकिय सम्भावना वोकेको रेसुङ्गा वन क्षेत्र, थाप्ले र सत्यवती वनको पनि कार्ययोजना तयार भई स्वीकृतिको क्रममा रहेको घिमिरेले जानकारी दिए ।

जिल्लाका यी चारवटा पनि क्षेत्र ऐतिहाँसिक तपोभुमी, जैविक विविधताको खानी र प्रसस्त पर्यटकीय सम्भावना वोकेका क्षेत्र भएकोले स्थानियवासी र जिल्ला स्तरमा समेत त्यसको विकासमा गत केहि वर्षयता पहल भई रहेको छ । जग्गा हस्तान्तरण कार्यक्रममा सहायक वन अधिकृत कर्णबहादुर पाण्डे , नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुुुसाल, पत्रकार घनाश्याम गौतम प्रेम सुनार लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend