साझा नेटवर्क
प्रेम सुनार, गुल्मी असोज १०।
नेकपा माओवादी केन्द्रको गुल्मी जिल्ला १ नं. क्षेत्रको एकता प्रशिक्षण भेला सम्पन्न भएको छ।
कार्यक्रममा जिल्ला संयोजक बिर ब. कार्की, सह संयोजक युवराज केसी, केन्दिय सदस्यहरु पूर्ण ब.राना, दुर्गा ढकाल लगायतले प्रशिक्षण मन्तब्य दिनु भएको थियो । क्षेत्र नं। १ का ईन्चार्ज चित्र ब।केसी , सह ईन्चार्ज तेजेन्द्र सलामी र संयोजक टंक ब।क्षेत्रीले क्षेत्रको समग्र कार्ययोजना पेस गर्नु भएको थियो ।
जिल्ला अधिवेशन आयोजक समिति सदस्य र पाटीका अन्य ज़िम्मेवारीमा रहनु भएका झन्डै ३०० बढी नेता कार्यकर्ताहरुको सहभागीता रहेको कार्यक्रममा अनेरास्वियु क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य घनश्याम खरेल,एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्षहरु राजु गौतम र छबिलाल भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
गाऊँपालिकाको पूर्नसंरचना , विकास निर्माण,पाटीको आगामी कार्यक्रम, कार्यविभाजन लगायतका विषयमा छलफल गरिएको कार्यक्रमको संन्चालन जिल्ला सदस्य जितु तरामु मगरले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend