logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा उपन्यासकार शोभाराम ओलीको कृति ‘सुलभ’ पुस्तक विमोचन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दर्शन सुनार, कतार असार २ ।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारले शोभाराम ओलीद्धारा लिखित पाचौं कृति सुलभ उपन्यासको विमोचन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार दोहाका चर्चित साहित्यकारहरुका सामुहिक रचना वाचन सङ्गै उक्त कितावको विमोचन गरेको हो । बिधिवत रुपमा उदघाटन गरि औपचारिक रुपमा सुचारु गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष दिपेन्द्र डांगीको सभापतित्वमा नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भन्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

रोजगारीको सिलसिलामा आफु कतारमा कार्यरत डिउटी पश्चात् बचेको समयलाई सदुपयोग गरेर आफुले सुलभलाई यहाँ सम्म ल्याएको ओलीको भनाई थियो । सबैले भन्छन जिन्दगी सुख दुखको बरदान हो, कसैले भन्छन जिन्दगी दुई दिनको खेल हो तर सुलभले भन्छ जिन्दगी अर्थपूर्ण छ भन्दै लेखक ओलीले एकपटक सबैले पढेर रचनात्मक रुपमा सल्लाह सुझाव दिन पाठकहरु समक्ष आग्रह गरे ।

पुस्तकको समिक्षा नवोदित साहित्यिक वाचनालय कतारका अध्यक्ष पुछार घरे ले गरेका थिए । साहित्यकार तथा सर्जक शेखर बस्नेत,श्यामराज रानाभाट,धर्म सन्देश,सानु थपलिया,प्रेम प्रसाद भट्टराई,लिलानाथ घिमिरे,सिताराम थापा,टिका खडका राष्ट्रप्रेमी,तिलु शर्मा, माया केसी,पबित्रा खडका, दिप मिलन,बिन्दा लामा,सुरेश आभास परियार,खेमराज सुबेदी,सोम थापाले आफना रचनाहरु वाचन गरेका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय साहित्य,नवोदित साहित्य कतारमा स्थापित बिभिन्न प्रदेश परिषद,बैचारिक संगठन,महिला समाज,पत्रकार, साहित्यकार जिल्ला सस्थाका अध्यक्ष तथा प्रतिनिधिको आतिथ्य सहित शुभकामना मन्तव्य रहेको थियो । आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी भन्डारीले साहित्य भाषामा आफू सोखिङ रहेको बताउदै लामो समय सम्म अनवरत सघर्ष गरेर आफनो कार्यब्यस्तताका बावजुद पनि पुस्तक लेख्ने साहित्यलाई माया गर्ने सम्पुर्ण साहित्यकार श्रष्टाहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रम संयोजक गोपाल डांगीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण समाजका महासचिव केशर खनाल र सोम थापाले मिलेर गरेका थिए सभापति डागींले समाजका साहित्य बिभागका प्रमुख सुलभ विमोचनक लेखक शोभाराम ओलीलाई थप सफलता शुभकामना दिदै सुलभ विमोचनलाई सफल बनाउन अनेसास विभाग,नवोदित विभाग, र हलमा उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend