logo
  • शनिबार, भाद्र २० २०८३

“मिस नेपाल २०२३”को उपाधि श्रीच्छा प्रधानलाई


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

काठमाडौं,जेठ १३ ।
मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार सम्पन्न उक्त प्रतियोगितामा उनी मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा सम्पन्न भएको ग्राण्ड फिनालेमा प्रधानले फाइनलमा पुगेका २४ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधि जितेकी हुन् । उनलाई अघिल्लो वर्षकी मिस नेपाल उपाधि विजेता प्रियंकारानी जोशीले मिस नेपालको ताज पहिराइदिइन् ।

ग्राण्ड फिनालेमा मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् भने रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितिन् । साथै १२ सहविधाका विजेता समेत घोषणा गरिएको छ ।

काठमाडौँकी स्थायी बासिन्दा रहेकी मिस नेपाल उपाधि विजेता प्रधान वातावरण विज्ञानमा स्नातक तहमा अध्ययनरत छिन् । उनी पहिलो मिस नेपाल रुवि राणाकी छोरी हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend