logo
  • शनिबार, भाद्र २० २०८३

सर्जक विक्रमबाबु विश्वकर्मा र यशु भट्टराईको अभिनयमा नयाँ गीत “अचार आँपैको” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

चक्र चन्द,काठमाडौँ जेठ १२ ।

पछिल्लो समयका सर्वप्रिय सर्जक विक्रमबाबु विश्वकर्मा र यशु भट्टराईको अभिनयमा नयाँ गीत “अचार आँपैको ” सार्वजनिक भएको छ । दीपक दर्लामी मगर र विष्णु मगरको स्वर रहेको गीतमा विक्रमबाबु विश्वकर्माको शब्द संयोजन रहेको छ । गीतमा शिव कनौजे मगरको लयलाई विश्वास नेपालले सङ्गीत संयोजन गरेका छन् । गीतको अडियो सुमन राना र खुमन रानाको रेकर्डिङ तथा कुमार रानाको मिक्सिङ्ग मास्टरीङ्गमा मारुनी स्टुडियोमा तयार पारिएको हो ।

ईश्वर बाबुको निर्देशन अनि सम्पादन,करन चैसिरको छायाकंन र विकास ज्ञवालीको रङ्ग संयोजनमा तयार गीतको म्युजिक भिडियोमा विक्रमबाबु विश्वकर्मा,यशु भट्टराई सँगै सुवर्ण दुलाल,शिबाङ्गी क्षेत्री,अनिल सुनार,सङ्गीता सुनार लगायतका कलाकारले अभिनय गरेका छन् ।

भिडियो विक्रमबाबु विश्वकर्मा को आफ्नै अफिसियल युट्युब च्यानल B3 Entertainment मार्फत सार्वजनिक गरिएको छ । गीत  “अचार आँपैको टीमलाई सफलताको शुभकामना ।

गीतको म्युजिक भिडियो हेर्नुहोस् –

https://www.youtube.com/watch?v=6fhTAnepbMg&ab_channel=B3Entertainment

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend