logo
  • शनिबार, भाद्र २० २०८३

मोरङसुनसरीको आधारभूत सीप तथा अभिवृद्धी गोष्ठि सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दिलीप पराजुली,कतार असोज ८ ।
मोरंगसुनसरी सेवा समाज कतारले २३ सेप्टेम्वर २०१६ का दिन दोहामा संघ संस्था संचालन आधारभूत सीप तथा अभिवृद्धि गोष्ठी सम्पन्न गरेको छ ।

14449930_338463709820522_4009450920989878876_n

संस्थाका अध्यक्ष टेकनाथ वरालको सभापतित्वमा आयोजित सो गोष्ठिको संयोजन संस्थाका सहसचिव दिलिप पराजुलीले गरेका थिए । करिव चालिस जनाको सहभागिता रहेको सो गाष्ठिमा लोक बहादुर तामांग, बिनोद भट्टराई, सुबाश गौतम, कुमार कार्की र योगेन्द्र कार्कीले सहजकर्ताको भुमिका निर्वाह गरेको थिए ।

14364881_338463626487197_26714160257551063_n

सो गोष्ठिमा संस्थाको लक्ष, उदेश्य, तथा कार्य क्षेत्रको बारेमा अध्यक्ष टेक नाथ बरालले आधारभुत प्रशिक्षण दिएका थिए । संस्था स्थापना, उदेश्य, संचालन निर्देशका वा बिधान, दर्ता र सुचिकृत सम्बन्धमा सल्लाहकार बिनोद भट्टराई प्रस्ट पारेका थिए।

14448925_338463706487189_9201919492917591180_n

संस्थाका अर्का सल्लाहकार कुमार कार्कीले सदस्यता र संगठन, संचार संयन्त्र र सीप सम्बन्धमा प्रशिक्षण दिएका थिए । त्यस्तै आचारसंहिता र आन्तरिक अनुशासनको बारेमा सल्लाहकार सुबाश गौतमले प्रस्तुति दिएका थिए । सल्लाहकार संयोजक लोक बहादुर तामांगले सस्थाको नेतृत्व तथा समन्वयको सीपको बारेमा सबै माझ प्रस्ट्याएका पारेका थिए।

14359130_338464399820453_7594467437001283107_n
योगेन्द्र कार्कीले समय ब्यबस्थापन र आर्थिक ब्यबस्थापन वारेमा प्रशिक्षण दिएका थिए ।गोष्ठिलाई दुइ चरणमा विभाजन गरिएको थियो।पहिलो चरणमा प्रशिक्षण गरिएको थियो भए दोश्रो चरणमा अन्तरकृया गरिएको थियो ।

गोष्ठिमा संस्था संचालनका आधारभूत जानकारी, औपचारिक कार्यक्रमको स्वरूप र कार्यक्रम संचालनका आधारभूत जानकारी, दिनुका साथै स्वास्थ्य सचेतना सम्बन्धि भिडियो क्लिपहरु पनि देखाइएको थियो ।

गोष्ठिको अन्त्यमा सम्पूर्ण सहभागीहरु बाट गोष्ठिको बारेमा मौखिक तथा लिखित प्रतिकृया संकलन गरिएको थियो।

गोष्ठिलाई समापन गर्दै अध्यक्ष बरालले आगामी दिनहरुमा यस्ता गोष्ठको आयोजना गरि संस्थामा आवद्ध सदस्यहरुको क्षमता विकासमा जोड दिने वताए । मोसु कतारले प्रतेक बर्ष यस्ता प्रशिक्षण तथा गोष्ठि संचालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend