साझा नेटवर्क
मदन आश्रित स्मृति प्रष्ठिानको आयोजनामा ३० औ मदन–आश्रित स्मृति दिवस मनाइएको छ । बर्तमान राजनीतिक अवस्थामा ‘जनताको बहुदलिय जनवादको औचित्य र महत्व’ बिषयक बिचार गोष्ठीको आयोजना गरिएको थियो ।
बिचार गोष्ठीमा नेकपा एमाले रेसुंगामा नगरकमिटी अध्यक्ष हरिप्रसाद पोख्रेलले बर्तमान राजनीतिक अवस्थामा ‘जनताको बहुदलिय जनवादको औचित्य र महत्व’ बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि अधिवक्ता गोपाल खनाल र एमाले नेताहरु गोबिन्द गौतम, पदम अर्याल, गोपाल पाण्डेय, साँगिर मियाँ, कृष्ण विश्वकर्मा, कमला पुन र लोक बहादुर केसीले टिप्पणी प्रस्तुत गरेका थिए ।
गोष्ठीमा प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय सदस्य दिनेश पन्थी, उपत्यका बिशेष कमिटी सदस्य राजेन्द्र अर्याल, एमाले जिल्ला कमिटी गुल्मीका उपाध्यक्ष कृष्ण सुनार र पार्टी सचिव गणेश श्रीपालीले आफ्नो भनाई राखेका थिए । कार्यक्रम मदन आश्रित स्मृति प्रष्ठिान गुल्मीका अध्यक्ष केशर बहादुर थापाको अध्यक्षता, पार्टीका केन्द्रिय सदस्य दिनेश पन्थीको प्रमुख आतिथ्यता, प्रतिष्ठानकी सदस्य रिता बराल पाण्डेको स्वागत तथा सचिव हरिप्रसाद पोख्रेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका नेता तथा अगुवा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend