साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी जेठ १२ ।
जेठ १० गतेको हावाहुरीले दर्लिङ्ग ४ को च्यानडाँडा निमाविको छाना उडाएपछि तीन दिन देखि बिद्यार्थी खुला आकाशमा बस्न बाध्य भएका छन् । कक्षा १ देखि ८ सम्म पढाई हुने उक्त बिद्यालयको कक्षा १ देखि ५ सम्म पढाई हुने ३ कोठे ब्लगको पुरै छाना हावाले उडाएको बिद्यालयका प्रअ भरत खत्रीले जानकारी दिए ।
त्यस्तै ५ कक्षा देखि ८ सम्म पढाई हुने अर्को ब्लगको २ कोठाको छाना हावाले उडाएको छ । बिद्यार्थीहरुलाई अरु छुट्टै कोठामा राखेर पढाउने अवस्था नरहेकाले पढाई प्रभावित भइरहेको प्रअ खत्रीले बताए । साढे २ सय बिद्यार्थीले अध्ययन गर्ने बिद्यालयको छाना उडाएपछि बर्षा हुँदा र घाममा निकै समस्या भैरहेको बिद्यालय व्यावस्थापन समितिका सदस्य मंगले घर्तिले जानकारी दिए ।
स्थानीय जनजागरण प्राविका प्रअ युवराज बोहोराले करिव डेढ सय बिद्यार्थीहरुको पढाई प्रभावित भइरहेकाले बहुकक्षा शिक्षण पद्धती अनुसार पढाई संचालन गर्न लागीएको बताए । बर्षात सुरु भइसकेकाले पुर्ननिर्माणको लागी पहल भइरहेको समेत उनले बताए ।
त्यस्तै वडा नं २ का मंगले विकको घर र वडा नं ४ का पुनाराम पुनको वंगालो पनि हावाले उडाएको छ । बिद्यालय व्यावस्थापन समितिको मगलबार बसेो बैठकलले करिव ४ लाखको क्षति भएको इष्टिीमेट गरेको बिद्यालयले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend