साझा नेटवर्क
बाग्लुङ, असोज ७ ।
बागलुङ जिल्लामा ५ सय ६० जनाको निःशुल्क मिर्गौला परीक्षण गरिएको छ । स्वदेशी तथा विदेशी चिकित्सक र प्राविधिकले सञ्चालन गरेको शिविरबाट स्थानियको मिर्गाैला परीक्षण गरिएको हो ।
मिर्गौलासम्बन्धी रोगको परीक्षण, परामर्श र समस्या भएका बिरामीलाई औषधिसमेत वितरण गरिएको शिविरका गणेश उप्रेतीले जानकारी दिनुभयो । मिर्गौला जाँचका लागि बिहानैदेखि शिविरस्थलमा सर्वसाधारणको लाम लाग्ने गरेको छ ।
मिर्गौला सामान्य अवस्थामा रहेका व्यक्तिलाई परामर्श र समस्या देखिएका बिरामीलाई उपचार तथा औषधि प्रदान गरिएको शिविरमा सहभागी चिकित्सकले बताएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend