साझा नेटवर्क
साझा नेटवर्क,काठामान्डु फागुन २४ ।
भोलि हुने राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ । कुल ८८२ मतदाताका लागि आयोगले ९९० वटा मतपत्र छपाइ गरेको छ । राष्ट्रपतिको चुनावमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले मतदान गर्न पाउने छन् ।
संसद भवन नयाँबानेश्वरमा बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । संसद भवनको ल्होत्से हलमा दुईवटा बुथ राखिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रपतिका उम्मेदवारको प्रतिनिधि र मतदाताबाहेक अरुलाई मतदान स्थलमा जान दिइने छैन ।
राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले रमेश लेखक र सुवासचन्द्र नेम्वाङले महेश बर्तौलालाई प्रतिनिधि राखेका छन् । सञ्चारकर्मीको हकमा परिचयपत्र भएकालाई जान दिइने छ । चुनावको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिने छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend