साझा नेटवर्क
अनिल खत्री, गुल्मी असोज ६ ।
साइन रेसुङ्गा रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले २७ प्रतिशत बोनस शेयर दिने भएको छ । रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आर्थिक बर्ष ०७२/०७३ को मुनाफावाट २७ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ ।

बोनश शेयर नेपाल राष्ट्र बैंकवाट स्विकृती प्राप्त भै आगामी साधारण सभावाट पारित भए पश्चात वितरण हुने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो । बैंकले हाल ८ अर्ब ७० करोड निक्षेप संकलन गरेको छ भने ७ अर्व ९५ करोड कर्जा लगानी गरेको छ ।
आर्थि वर्ष २०७३ आषाढ मसान्तमा बैंकको चुक्ता पूंजी ८६ करोड ८४ लाख रहेको छ भने प्रस्तावित २७ प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पूंजी १ अर्व १० करोड पुग्ने बैकले जनाएको छ ।
शाइन रेसुङ्घा डेभलमेण्ट बैंकमा गौमुखी विकास बैंक गाभिएर २०७३ जेष्ठ २९ वाट एकिकृत कारोवार गरेको यस बैंकले २६ वटा शाखा तथा २ वटा एक्सटेन्सन काउन्टर मार्फत १ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
रुपन्देही, गुल्मी, अर्घाखांची तथा प्यूठान जिल्लाका अधिकांश ग्रामिण क्षेत्रमा यस बैंकले वित्तीय पहुंच पुरयाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend