साझा नेटवर्क
साझा नेटवर्क, कतार।
“प्युठान सेवा समाजको एकता,मिलिजुनी, सहकार्यको आवश्यकता” भन्ने मूल नाराका साथ् सन् २००९ मा स्थापना भएको संस्था प्युठान सेवा समाज कतारले वृहत मैत्रीपूर्ण बनभोज कार्यक्रम गर्ने भएको छ।
आगामी १७ फेबुअरी २०२३ सुक्रबारका दिनअल दोसरी पार्क साहनियामा बनभोज कार्यक्रमको आयोजना हो । प्युठानी र गैर प्यूठानी शुभचिन्तकहरुको आपसी बिचको मित्रवत् समन्ध प्रगाढ होस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष केशर बहादुर केसीले साझा नेटवर्कलाई जानकरी दिए।
कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा विविध साँस्कृतिक प्रस्तुतहरु रहने बताए। कार्यक्रमको लागि प्युठान जिल्लाबाट कतारलाई कर्मथलो बनाइ बिभिन्न पेशामा कार्यरत प्युठान बासी दाजुभाई दिदिहरुलाई बनभोज कार्यक्रममा उपस्थित भइ कार्यक्रमलाई सभ्य मर्यादित बनाऊनको लागि समाजले हार्दिक आव्हान गरेको बताए ।
साथै उक्त कार्यक्रममा कतारमा स्थापित संघ संस्थाहरुलाई पत्रचार गरिएको जानकारी गराउदै कहिँ कतै मूल बस पत्र नआएको खण्डमा यसै सूचनालाई आधारमानी कार्यक्रममा उपस्थितको लागि।
कतारमा स्थापित बैचारिक, सामाजिक संघ संस्थाका प्रमुखहरु,सामाजिक अभियन्ता, एवम् पत्रकारहरुलाई सोहि कार्यक्रममा उपस्थितको लागि समाजले हार्दिक निमन्त्रणा गरेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend