logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी सेवा समाज कतारको अध्यक्षमा अर्याल निर्वाचित


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार पौष २३ ।
“गुल्मी सेवा समाजको प्रतिवद्धता नि:स्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नारा लिएर सन २००३ मा कतारमा स्थापना भएको गुल्मी सेवा समाज कतारको नवौँ साधारणसभा सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न साधारणसभाबाट कमल अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । सभा संस्थाका अध्यक्ष कुमार अविरल पन्थीको सभापतित्व तथा लुम्विनी प्रदेश समन्वय परिषद कतारका प्रमुख संरक्षक कमलमणि गुरागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा  विभिन्न वैचारिक तथा सामाजिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु तथा सामाजिक व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा पत्रकार, कलाकार लगायात कतारमा रहेका गुल्मेली एवं गैर गुल्मेलीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको खुल्ला सत्रमा संस्थाका उपाध्यक्ष मित्र विएसले स्वागत मन्तव्य राखेका थिए । विधिवत उद्घाटन गरीएको कार्यक्रममा २६ महिने लामो कार्यकालमा संस्थाले गरेका कार्य प्रगती विवरण सचिव सुरज चन्दले पेस गरेका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरूले सॉगीतिक प्रस्तुति दिएका थिए भने विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए । खुल्ला शत्रको अन्त्यमा बोल्दै प्रमुख अतिथि गुरागाईले समाज उदाहरणीय संस्थाको रूपमा देश देखी विदेशसम्म परिचित रहेको र विभिन्न सह्रानीय कार्यहरु गर्ने अग्रणी सस्था रहेको बताए ।

समाजका प्रथम उपाध्यक्ष कमल अर्यालले सहजिकरण गरेको सभाको समापन गर्दै सभापति पन्थीले आ-आफ्नो क्षेत्रबाट २६ महिने लामो कार्यकाल सम्पन्न गर्न सहयोग गर्ने कार्यसमितिका पदाधिकारी, कतारमा रहेका गुल्मेली तथा सम्पूर्ण जनहरूमा कृतज्ञता प्रकट गरेका थिए ।

साधारणसभाको दोस्रो चरण अर्थात् बन्दसत्रमा संस्थाका कोषाध्यक्ष देव लम्सालले सस्थाको आय व्यय आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आगामी २ वर्षको लागि कमल अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएका छन् । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मित्र विएस, उपाध्यक्षमा सुरज चन्द, सचिव दर्शन सुनार, सह-सचिव कुमार राहादी, कोषाध्यक्ष देव लम्साल, सह-कोषाध्यक्ष कमल खत्री निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै महिला संयोजकमा कल्पना घर्ती निर्विरोध चयन भएकी छिन भने सदस्यहरूमा टिकाराम गौतम, गोपाल बहादुर पछाई, दिपेन्द्र सुनार, कृष्ण बहादुर रायमाझी, मीन प्रसाद पोख्रेल, रमेश पछाई, बिनोद श्रेष्ठ, ज्ञान बहादुर शाही, लक्ष्मी गिरी निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन संयोजक क्रान्ति सिंहले पद तथा गोपनीयताका शपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend