साझा नेटवर्क
केशवराज पोख्रेल, भारत असोज ५ ।
नेपालको कैलाली जिल्ला घर भएकी १६ बर्षे सरस्वती दमाइ नाम गरेकी नाबालिक चेलीलाइ बलत्कार गरी हत्या गरीएको आशंका छ । उनलाइ जागीर लगाइदिने प्रलोभन देखाएर फकाइ फुस्लाइ बलात्कार गरीएको हुन सक्ने उनका परिवारजनहरुले वताएका छन ।
घटनाको जानकारी पाएका अखिल भारत नेपाली एकता मंचका कार्यकर्ता घटनास्थल पुगिसकेका छन । अभानेएकता मंचका केन्द्रिय सचिव आर. बि. खड्काका अनुसार बलत्कारपछि हत्या गरेर आत्महत्या गरेको भन्दै अस्पतालमा पोस्टमार्टम गराउने निहुमा हतारमा अस्पताल लगिएको छ । यो सरासर गलत हो, आत्महत्या हैन, हत्या नै हो भन्दै अहिले परिवारले मंचसँग सहयोगको अपिल गरेको छ ।
रजौरी गार्डनमा भएको घटनामा कोठी मालिकले १२ वर्षकै उमेरमा घरको काम गर्ने र पढाउने भनी ल्याएको बुझिएको छ । न त पढाइदिए, न काम गरेको ज्यालादारी नै दिए । ज्यालादारी माग्दा हत्या गरिएको हुन सक्ने आशंका परिवारका उनकै जेठा वुबा र कान्छा वुबाहरुको दावी रहेको छ । हिजो दिउसो भएको घटनाको पुलिस एफआइआर अहिले मात्र भएको छ ।
अभानेएकता मंचका लगभग १५० कार्यकर्ता जवरजस्ती पोस्टमार्टम गर्न लागीएको अस्पतालमा जम्मा भएर सम्बन्धित थानालाइ दवाब दिएका छन । कोठी मालिकले अहिलेसम्म चासो नदेखाउनुले शंका गर्ने ठाउँ प्रसस्तै रहेको बुझिन्छ ।
प्राप्त जानकारी अनुसार भोली लाश बुझ्ने भनी आजलाइ आलटाल गरेपछि भोली ठुलो जनसमर्थन पाइने र थप दवाब दिन सकिने एकता मंचको बुझाई रहेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend