logo
  • शनिबार, भाद्र २० २०८३

बाढी पिडितलाई राहत रकम वितरण


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

विमल खड्का, बागलुङ असोज ५ ।
बागलुङ जिल्लाको भिमगीठे गाउँ विकास समितिमा गठन गरिएको वाढी पिडित राहत समितिले संकलन गरेको राहत रकम वितरण गरेको छ । गत साउन १० र ११ गते आएको वाढीले भिमगीठे गाउँ विकास समितिको खाल बजारमा घरवास गुमाएका परिवारका लागि संकलन गरिएको राहत रकम २ लाख १६ हजार वितरण गरिएको छ ।
badhi-pidit
राहत संकलन समितिका संयोजक रविन्द्र श्रेष्ठको नेतृत्वमा संकलन गरिएको उक्त राहत रकम घर जग्गा बगाएका त्यहाँका चित्रा श्रेष्ठलाई ४० हजार, निरज श्रेष्ठलाई ४० हजार, निम प्रसाद श्रेष्ठलाई ४० हजार, अरविन्द रुेष्ठलाई ४० हजार, टेकबहादुर अग्रेजालाई ३० हजार, टंक केसीलाई १० हजार, थम्मन माकिमलाई ७ हजार, नरबहादुर थापालाई ५ हजार तथा अरु २ जनालाई २/२ हजारका दरले रकम वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा स्थानीय समाजसेवी संशेर प्रताप केसी, स्थानीय शान्ति समितिका कृष्ण भटटराई, नेपाली काँग्रेसका कृष्ण गुरुङ र नेकपा एमालेका दीपक रायमाझीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सम्भु प्रताप केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend