logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी सेवा समाज कतारले नवौँ साधारणसभा आयोजना गर्दै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार पौष १३ ।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ कतारमा सकृय रहेको गुल्मी सेवा समाज कतारले नवौँ साधारणसभाको आयोजना गर्ने भएको छ । सस्थाको २४ औ नियमित बैठक सम्पन्न भए लगतै साधारणसभा आयोजना गर्ने भएको हो ।
गत महिना बसेको सामुहिक भेटघाट तथा २४औ बैठकले नवौँ साधारणसभा आयोजना गर्ने निर्णय गरेको थियो । सस्थाको २४औ नियमित बैठक सम्पन्न भए सँगै आठौँ साधारणसभा भएको २ वर्ष पुरा भएको छ । सोहि अवसरमा सस्थाले आगामी ६ जनवरी २०२३ शुक्रबारका दिन कतारको सनैया प्लाजा मल स्थित सेन्चुरी रेस्टुरेन्टको सभाहलमा सोहि साधारणसभा आयोजना गर्ने भएको हो ।

समाजले कतारमा रहेका गुल्मेलीहरुलाई साधारणसभा सम्पन्न हुनू पुर्व आफ्ना सदस्यहरुलाई सदस्यता नवीकरण गर्न आह्वान गरेको छ । साथै कुनैपनि समयमा नया सदस्यता लिन एवं पुराना सदस्यहरुले आफ्नो सदस्यता नवीकरण गर्न सकिने समेत जानकारी दिएको छ ।

रोजगारीका सिलसिलामा आफ्नो जन्मभूमि छोडेर कतारलाई कर्मभुमि बनाई श्रम गरिरहनु भएका सम्पूर्ण गुल्मेलीहरुलाई गुल्मी सेवा समाज कतारसँग आवद्ध भइ सामाजिक कार्यमा सहयोग गर्नुहुन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend