logo
  • शनिबार, साउन ३० २०८३

महादेव त्रिपाठीको जादुगर २ जोकरको शुभमुहर्त सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुर्य चन्द, काठमाडौँ जेष्ठ १२ ।
याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा कलाकार तथा निर्देशक महादेव त्रिपाठीको जादुगर २ जोकरको शुभमुहर्त भव्यताका साथ औपचारीक रुपमा काठमाडौँको कमलादी गणेस्थान मन्दिरमा सम्पन्न भएको छ ।
13262180_1621726674814396_1883647362_o
नेपाली जनताहरु जीवन चक्रमा आधारित हास्यप्रधान नेपाली कथानक चलचित्र जादुगर २ जोकर अब छायांकन सुरु हुने भएको छ । १४ अंचल ७५ जिल्लाका बालबालिका हरुलाई लिएर बनाएको चलचित्र जादुगरको सफलता पछी महादेव त्रिपाठीले जादुगर २ जोकर लिएर आएका हुन् ।
cover
बरिष्ट गायक आनन्द कार्की गायिका सुनिता दुलाल, गायक भरत समारी, ध्रुब बिस्को, युवा पुस्ताको चर्चित उद्घोषक राज बराइलीको उपस्थितिमा सम्पन्न शुभमुहर्त कार्यक्रममा यस चलचित्रका नायक तथा निर्देशक महादेव त्रिपाठीले चलचित्रको बारेमा प्रस्ट्याएका थिए र यो चलचित्र आम नेपाली दर्शकहरुको रोजाइ मा पर्न सक्ने खालको बनाउने कुरामा उनि बिस्वस्त छन् ।
cover1
जादुगर २ जोकर फिल्मको लेखन विशेष पन्तले गरेका हुन् भने यस चलचित्रमा चर्चित जादुगर, हास्य कलाकार तथा कुशल अभिनेता महादेव त्रिपाठी, विश्वका होचो कलाकार दिपेन शाह, सुरेन्द्र केसी (मुलको साग), शिव शंकर रिजाल (जोकेन्द्र), अन्जु थापा, बाल कलाकार रिहानराज गिरि, नवराज श्रेष्ठ, मेरी बास्यै कि अप्सरा, राजेन्द्र गिरि, विनोद राई, बिशेष पन्त, र नव नायिका सिम्पल खरेलको अभिनय रहने भएको छ ।

त्यस्तै यस चलचित्रका निर्मातामा राजन उप्रेती, भास्कर श्रेष्ठ, संगीता लामा हुन् भने यस चलचित्रका छायांकन मधुर बस्नेतले गर्ने भएका छन् । साथै द्वन्द सम्राट बस्नेत र गीत संगीतकारहरुमा सुगम पोखरेल, टंक बुढाथोकी र ध्रुब बिस्को रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend