साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी मङ्सिर १२ ।
नेपाली कांग्रेसका नेता विनोद चौधरीले आफु निवार्चित भएको निर्वाचन क्षेत्रमा नवलपरासी क्षेत्र न. १ प्रतिनिधी सभा सदस्य जनसम्पर्क कार्यालयको स्थापना गरेका छन । प्रतिनिधी सभा सदस्यमा निर्वार्चीत नेपाली कांग्रेसका केन्द्रिय सदस्य चौधरीले बर्दघाटमा जनसम्पर्क कार्यालयको स्थापना गरेका हुन ।
चुनावमा मतदताले कसरी सम्पर्क हुन्छ भनेर सोधेका थिए । यद्यपी नेता चौधरीले कार्यालय नै खोलेर जनतासङग प्रत्यक्ष सम्पर्क राख्ने बातावरण सिर्जना गर्दैनिर्वाचन क्षेत्रका सबै जनताको समस्या बुझ्न र समाधान तर्फ केन्द्रिय रहने उदेश्यले प्रतिनिधी सभा सदस्य सम्पर्क कार्यालय सञ्चालनमा आएको चौधरीको निजी सचिवालयले जनाएको छ ।
आवश्यक कर्मचारी सहित व्यवस्थापन गरिएको जनसम्पर्क कार्यालयमा जनताले कार्यालय पुगेर वा टेलिफोन मार्फत जनसम्पर्क कार्यालयका जनताको समस्या राख्न सक्ने गरी कार्यालय ब्यवस्थापना गरिएको हो ।
जनसम्पर्क कार्यालयको स्थापना भएपछि जनताले आवश्यकता अनुसार आफ्ना समस्या , गुनासो तथा सुझाव सहजै रुपमा चौधरी समक्ष पुर्याउन सकिने विश्वास गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend